
नेपालगन्ज । नेपाली काँग्रेस खजुरा गाउँपालिका वडा नम्बर ७ को तेस्रो वडा सम्मेलन सम्पन्न भएको छ ।
नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठोरको बिशेष उपस्थितिमा शनिबार एक भेला गर्दै सम्मेलन गरिएको हो ।
सम्मेलनको अवसरमा विभिन्न पार्टीमा आवद्ध ६० जना व्यक्तिहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, बिशिष्ट अतिथिहरुले अविर लगाएर स्वागत गर्नुभएको थियो ।
सम्मेलनमा प्रतिनिधि सभा सदस्य आशा बिक, लुम्बिनी प्रदेश सभा सदस्य एंव पूर्व मन्त्री बादशाह कुर्मी, बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नकी खाँ, महाधिवेशन प्रतिनिधि खलील खाँ, किसान महासंघ बाँके सचिव महेन्द्र मल्ल र खजुरा गाउँपालिका सभापति रमेश सिंजालीको बिशेष उपस्थिति रहेको थियो ।
काँग्रेस खजुरा वडा नम्बर ७ का सभापति सलाहुद्दिन खाँको अध्यक्षतामा भएको सम्मेलनलाई सहजराम यादवले संचालन गर्नुभएको थियो ।






