बैकुण्ठधाम निर्माणका लागि २७ कठ्ठा जग्गा खरिद

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ राप्ती नदी तटमा बैकुण्ठधाम निर्माण कार्यका लागि आयोजक वैकुण्ठधाम सिधनियाघाटले जग्गा खरिद गरेको छ ।

राप्तीको तटसँग जोडिएको स्थानीयहरु व्यक्तिहरुको २७ कठ्ठा जग्गा खरिद गरि बैकुण्ठधामको नाममा नामसारी गरिसकेको छ । वैकुण्ठधाम सिधनियाघाटका संयोजक डा.शुरेस कनोडियाका अनुसार उक्त जग्गा ७ जनासँग खरिद गरि नामसारी गरिसकिएको छ ।

१ बिगाहा ६ कठ्ठा १६ धुर जग्गा खरिद गरिएको हो । करिब १ करोड १० लाख ८० हजार मुल्य बराबरको जग्गा खरिद गरिएको संयोजक कनोडियाले जानकारी दिनुभयो । आयोजकको लक्ष्य अनुसार जग्गाको आवश्यकता अझै हुन सक्नेछ ।

डिपिआर अझै पुर्णरुपमा तयार भइ नसेको हुँदा जग्गाको आवश्यकता अझै बढ्न सक्ने बैकुण्ठधामले जनाएको हो । जग्गा खरिद गरिएपछि संघीय सरकारबाट निर्माण कार्यको टेण्डर प्रक्रियाको बाटो खुलेको छ ।

संघीय सरकारले बैकुण्ठधाम निर्माणका लागि ३ करोड खर्च गर्न लागेको छ । डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधा सम्पन्न दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने भनेर आयोजक बैकुण्ठधाम सिधनियाघाटले नेपालगन्जमा आध्यात्मिक महोत्सवसमेत संचालन गरेको थियो ।

संयोजक कनोडियाका अनुसार धामलाई स्तरउन्नती गर्दै विद्युतिय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको छ । गत कार्तिक २२ गतेदेखि ३० गतेसम्म भएको महोत्सवबाट कुल तीन करोड तीन लाख १५ हजार चार रुपैयाँ संकलन भएको थियो ।

जसमा ७५ लाख ७ हजार ३७७ रुपियाँ खर्च भएको थियो भने कुल दुई करोड २८ लाख सात हजार ६२७ रुपियाँ आम्दानी भएको थियो ।

Previous articleलुम्बिनी कप राष्ट्रिय महिला फुटबलको तयारी तीब्र
Next articleनेपाली काँग्रेस खजुरा ७ को वडा सम्मेलन सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here