
नेपालगन्ज । नेपाल निजामति कर्मचारी युनियन जानकी गाउँपालिका अध्यक्षमा राजु यादव चयन हुनुभएको छ ।
शनिबार भएको गाउँपालिकास्तरीय अधिवेशनले यादवको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
पालिकास्तरीय समितिको उपाध्यक्षद्धयमा महिमा केसी र प्रजेश आले, सचिवमा विवेश श्रेष्ठ, सहसचिव सावित्रा रेग्मी र कोषाध्यक्षमा निरा हमाल चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा पार्वती सोमै, गिता शाही, तामलाल वेलबासे, प्रकाशजंग शाही, तेजु गौतम, विध्यारा नाउँ र अवरार अहम्मद शेष रहनुभएको छ ।
कार्यक्रममा जानकी गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडाअध्यक्ष टिकानाथ यादव, कर्मचारी युनियनका जिल्ला अध्यक्ष उद्धव श्रेष्ठ र निवर्तमान अध्यक्ष तेजु गौतमले बोल्नुभएको थियो ।





