डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौतीबारे छलफल

नेपालगञ्ज । जिडिटल मिडियामा महिलाको सहभागिता बृद्धिका लागि समन्वयात्मक पहलको आवश्यकता रहेको नेपागन्जमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।

सन्डे कल्बलाई निरन्तरता दिदै क्रियाशिल पत्रकार महिला बाँकेले नेपालगन्जमा आयोजना गरेको डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौती विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन ।

क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उदघाट्न गर्दे नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइले डिजिटल मिडियामा महिला सहभागिता बृद्धिका लागि पहल थाल्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

उहाँले पत्रकार महिलाहरुको आवश्यकता अनुसार डिजिटल प्लेटफममा अग्रसर भएर लागि पर्ने पत्रकार महिलाहरुलाई विश्वास दिलाउनुभएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य झलक गैरेले डिजिटल मिडिया अहिलेको आवश्यकता भएकाले यसलाई कसरी सदुपयोग गर्ने र यसको प्रयोग कसरी गर्ने भन्ने कुरा मुख्य बिषय रहेको बताउनुभयो ।

उहाँले डिजिटल मिडियामा प्रस्तुत गरिने बिषय र प्रसंङ्गले धेरै प्रभाव पार्ने बताउनुभयो । कार्यक्रमा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक सचिव तथा पुर्वअध्यक्ष उमा थापा मगरले पत्रकार महिलाहरुले डिजिटल प्लेटफमको प्रयोग गर्दे आफूलाई दक्ष बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

उहाँले पत्रकारिता गरिरहदा देखिएका चुनौतीहरुलाई समाधान गर्दे डिटिटल प्लेटफमको प्रयोग गरेर संचार जगतमा पनि राम्रो संभावना रहेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतमले समस्या भित्र संभावना खोजेर अगाडि बढ्नुको बिकल्प नरहेको बताउदै डिजिटल मिडिया अहिलेको जल्दोबल्दो बिषय भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव सरला सुवेदी ,नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी,नेपाल प्रेस युनियन बाँकेका पुर्व अध्यक्ष अर्जुन वली,समाजबादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा ,चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल ,अवधि पत्रकार संघ बाँकेका अध्यक्ष प्रलाहद विश्वकर्मा र ठकुरी पत्रकार समाजका अध्यक्ष करुणा शाह लगायतको सहभागिता रहेको थियो । कार्यक्रमा डिजिटल मिडियामा महिला सहभागिता ,अबसर र चुनौतीका बिषयमा बरिष्ठ पत्रकार शंकर प्रसाद खनालले सहजिकरण गर्नुभएको थियो ।

उहाँले डिजिटल मिडियामा सहभगिता बढ्दै गएको अवस्थामा यसलाई भरपर्दे र सत्यतथ्यमा आधारित बनाउनुपर्ने कुरामा जोड दिनुभयो । विश्यमा यसको प्रयोग बढेको र रुचाइएकोले पत्रकारिता क्षेत्रमा पनि यो सुहाउदो र छरितो भएको धारणा राख्नुभयो । क्रियाशिल पत्रकार महिला बाँकेले सन्डे कल्ब अन्र्तगत आज नयाँ कार्यसमिति निर्वाचित भइसकेपछि पहिलो कार्यक्रम गरेको हो ।

यसपछाडि सन्डे कल्ब अन्र्तगत ब्यक्ति विशेष सफलताका कथामा आधारित भएर गर्ने क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीले बताउनुभयो। उहाँले डिजिटल मिडियामार्फत सूचनामुलक सामाग्रीहरु प्रसारण गर्न सकिने भएकाले यसतर्फ पत्रकार महिलाहरुलाई आकर्षित गर्दे ससत्त बनाउने उदेश्य अनुसार कार्यक्रम गरिएको बताउनुभयो ।

Previous articleभारतीय श्रद्धालुलाई बीच बाटोमै छाड्ने बस मालिकले मागे माफी
Next articleमैनापेखर प्रहरीद्वारा सय दिनमा ३६ जना फरार पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here