माघ १५ देखि गुञ्जिदै बढैयाताल

बर्दिया । माघ १५ गते देखि बढैयाताल गुञ्जिने भएको छ । थारू कल्याणकारिणी सभा बढैयाताल गाँउपालिका गाउँ सभाको आयोजनामा महोत्सव हुने भएको हुँदा बढैयाताल गुञ्जिने भएको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ स्थित बढैयातालमा थारु संस्कृतिक, कृषि, पर्यटन तथा माघ महोत्सव आयोजना हुने भएकोले ताल १० दिनको लागि गुञ्जयमान हुनेछ ।

“राष्ट्रिय एकता ओ बिबिधता हमार शान, थारु भाषा, सहित्य कला संस्कृति बचैना हमार अभियान” भन्ने मुल नारा र बढैयाताल पर्यटन पर्वद्धनका लागि र थारु कल्याणकारिणी सभा बढैयाताल गाउँकमिटीको आयोजना र बरघर संञ्जाल बढैयातालको समन्वयमा महोत्सव आयोजना हुन लागेको हो ।

बढैयाताल वडा नम्बर ५ को कार्यालय र तालको उत्तरतर्फ पिकनिक स्पोट नजिकै महोत्सवको कामलाई तिव्र परिएको मेलाका संयोजक संकर चौधरीले बताउनुभयो । माघ १५ गतेदेखि २५ गतेसम्म महोत्सव हुने भएकमे छ ।

महोत्सवमा ख्यातीप्राप्त राष्ट्रिय नायक पल शाहलगायत अन्य कलाकार तथा गायिका अनु चौधरी लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ ।

महोत्सवमा थारु समुदायले प्रयोग गर्ने कला संस्कृति, भेषभुषा, खानाको परिकार, हस्तकला, कष्ठकला लागायत कृषि उत्पादनको प्रर्दशनी समेत गरिने छ ।

जसले थारु कला संस्कृति संरक्षण तथा प्रबद्रर्धनमा टेवा पुग्ने र तालको प्रचार प्रसार तथा प्रबर्द्धन हुने आयोजकले जनाएको छ । महोत्सवमा पौराणिक थारु नाच प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ । आयोजकले महोत्सवका लागि आवश्यक उपसमिति समेत गठन गरेको छ ।

महोत्सवलाई सफल पार्नका लागि पालिकाभित्रका थारु गाउँका बरघरहरु गाउँ गाउँबाट महोत्सव उद्घाटनका दिन स्थानीय कला संस्कृति झल्किने झाँकी सहितको सहभागी गराउन तयारी गरिएको छ ।

Previous articleबाँकेमा २० प्रजातिका चरा भेटिए
Next articleनक्कली पुर्जा बनाई बैंकबाट करोडौं रकम ठग्ने तीन जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here