पावर फोर एवाई-२०२५ को सरोकारवालाबीच परिचयात्मक

नेपालगन्ज । नेपालगन्जमा संचालित पावर फोर एवाई परियोजना २०२५ को परिचयात्मक एवं समन्वयात्मक कार्यक्रम गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा सेभ द चिल्ड्रेनको साझेदारीमा सामाजिक विकास मञ्च (एस डिएफ) बाँकेले सो नेपालगन्जमा सो परियोजना संचालन गरेको छ ।

परियोजना अन्तर्गत २०२५ मा गरिने कार्यक्रमहरुका बारेमा मञ्चले शुक्रबार सरोकारवालाकाबीचमा छलफल गरेको हो । कार्यक्रममा बोल्दै नेपालगन्जका नगर प्रमुख प्रशान्त बिष्टले परियोजनाले नेपालगन्जमा राम्रो गरेको उल्लेख गर्नुभयो । उहाँले यसले यहाँ काम तथा सीपको खोजीमा रहने युवाहरुलाई अवसर प्रदान गरेको भन्दै संस्थालाई आगामी दिनमा समेत कार्यक्रमको कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

‘परियोजना अन्तर्गत भएका कामहरु राम्रो देखिएको छ ।,’ नगर प्रमुख बिष्टले भन्नुभयो, ‘यसको दिगोपनाले यहाँका युवाहरुले पाउने सहयोगका लागि उपमहानगरपालिका सहयोग गर्न तयार छ ।’ यो परियोजनाले शिक्षण कार्यमासमेत योगदान पु¥याएकोमा यसको निरन्तरतामा जोड दिनुभयो । यस्तै कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरुले आ-आफ्नो स्थानबाट सहयोग गर्ने आश्वासन दिएका छन् ।

उहाँहरुले संस्थाले संचालन गरेको यो कार्यक्रमले वडास्तरमा रहेका युवाहरुलाई अवसर प्रदान गरेर सहज बनाएको हुँदा सहयोग गर्न पछि नहट्ने जनाउनुभएको छ । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष मनोज श्रेष्ठ, ८ का वडाअध्यक्ष रजनीश बाचपई, १२ का वडाअध्यक्ष तरुण बज्राचार्य र २१ का वडाअध्यक्ष राजकुमार साहूले धेरैभन्दा धेरै युवाहरुलाई अवसर प्रदान गर्न वडामार्फत आवश्यक सहयोग र सहकार्य गर्नेसमेत प्रतिबद्धता जनाउनुभएको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य बसन्त कनोजिया, मोहम्मद मुजम्मिल शेष, वडा नम्बर १० का वडाअध्यक्ष श्रवण श्रेष्ठ, २२ नम्बरका वडाअध्यक्ष अब्दुल गफ्फार हलवाई, शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापा, स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, सामाविजक विकास शाखा प्रमुख कृष्ण प्रसाद जोशी, महिला विकास अधिकृत छैठों आशा शाही, कृषि शाखा प्रमुख अम्बिका रिजाल, धम्बोझी माबिका प्रधानाध्यापक बासुदेव सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

सेभ द चिल्ड्रेनकी परियोजना संयोजक फुलकुमारी चौधरीले उपमहागरपालिकाले गरेको समन्वय सहकार्यका बारेमा बोल्नुभएको थियो । मञ्चका परियजना अधिकृत महेन्द्र चन्दले आगामी कार्यक्रमहरुका बारेमा जानकारी प्रदान गर्नुभएको थियो । मञ्चका बरिष्ठ सल्लाहकार घनश्याम उपाध्यायले स्वागत गर्नुभएको कार्यक्रममा अध्यक्ष चम्प सिंह थापामगरले कार्यक्रम संचालनका क्रममा पाएको साथ सहयोग र आगामी दिनमा यहाँका युवाहरुलाई सीप तथा स्वरोजगार बनाउन सहयोगको आशा व्यक्त गर्नुभएको थियो ।

मञ्चले नेपालगन्जमा विगतदेखि नै युवाहरुलाई स्वरोजगार बनाउन लघु उद्यम विकास तालिम, आवश्यक सीप तथा स्टार्टअप सहयोग, शिक्षण सहयोग कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

Previous articleभारतमा रेल दुर्घटना : ज्यान गुमाउने नेपालीको परिचय खुल्यो
Next articleवैदेशिक रोजगारलाई सुरक्षित बनाउन कोहलपुरका वस्तीवस्तीमा अभिमुखिकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here