वैदेशिक रोजगारलाई सुरक्षित बनाउन कोहलपुरका वस्तीवस्तीमा अभिमुखिकरण

कोहलपुर । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ । बढ्दो वेराजगार समस्याका कारण विशेषगरी ग्रामीण क्षेत्रका युवाहरु विदेश गइरहेका छन् ।

रोजगारीका शिलशिलामा यसरी विदेशीरहेका युवाहरु गन्तव्यमा पुगिसकेपछि विभिन्न दुःख र पीडा खेप्दै आइरहेका समाचारहरु पनि आइरहेका हुन्छन् ।

तिनै दुःख र पीडा खेप्न नपरोेस् भन्ने उद्देश्यका साथ कोहलपुर नगरपालिकाभित्रका स्थानीयबासीहरुलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी आवश्यक न्युनतम सूचना तथा जानकारी प्रदान गर्ने कार्यलाई अहिले तीब्र पारिएको छ ।

कोहलपुर नगरपालिकामा सञ्चालनमा रहेको सुरक्षित आप्रवासी (सामी) कार्यक्रम अन्र्तगत कोहलपुर नगरपालिका १५ वटाका विभिन्न बस्तीहरुमा बैदेशिक रोजगारीमा जान चाहने सम्भावित व्यक्तिहरुलाई सुरक्षित बैदेशिक रोजगारी सम्बन्धि समुदाय स्तरमा पुगेर जानकारी गराउने काम भइरहेको हो ।

रोजगार सेवा केन्द्र, कोहलपुरको आयोजना र कोहलपुरको वडाका विभिन्न बस्तीहरुमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धि आवश्यक न्युनतम सूचना तथा जानकारी र वैदेशिक रोजगार सम्बन्धि सेवाहरु प्रदान गर्न विभिन्न सरोकारवालाहरुको सेवा तथा सम्पर्क ठेगानाहरुको बारेमा जानकारी दिने उद्देश्यले गहन अभिमुखिकरण कार्यक्रम सञ्चालन भइरहेको रोजगार सेवा केन्द्रका रोजगार संयोजक आशिष बर्माले जानकारी दिनुभयो ।

‘वैदेशिक रोजगारीमा जाने सम्भावित आप्रवासी श्रमिक वैदेशिक रोजगारीमा रहेका ब्यक्तिका परिवारका सदस्य, वैदेशिक रोजगारबाट फर्किएर आएका ब्यक्ति तथा तिनका परिवारसम्म सुरक्षित, लाभदायक तथा सामाजिक लागत न्युन बनाउन आवश्यक वैदेशिक रोजगारीको लागि आधारभुत सूचना तथा जानकारी दिन आवश्यक छ उहाँले भन्नुभयो, ‘हाम्रो टिमले वस्तीवस्तीमा पुगेर अहिले वैदेशिक रोजगारलाई सुरक्षित बनाउने उपाय बारे जानकारी गराइरहेको छ । यसले न्युनतम जानकारीको कमीको कारणले वैदेशिक रोजगारीको प्रकृयामा झमेला, दुःख तथा ठगीमा पर्नुपर्ने बाध्यताको अन्त्य गर्ने छ ।’

वैदेशिक रोजगारीको पूर्व तयारी तथा योजनाको अभावले गर्दा वैदेशिक रोजगारीबाट सोचेजस्तो प्रतिफल प्राप्त गर्न नसकिरहेको अवस्था छ । कम्तिमा न्युनतम सीप सिकेर विदेश जाने प्रवृत्तिलाई प्रेरित गर्न पनि अभिमुखिकरण कार्यक्रमले सहयोगि भूमिका निर्वाह गर्दै आएको वर्माले बताउनुभयो । सामी कार्यक्रमका स्वयमसेवकहरु मानबहादुर वली र बसन्ती डाँगीले समुदायस्तरमा पुगेर सुरक्षित वैदेशिक रोजगारका विभिन्न आयामहरुबारे जानकारी गराउने काम गरिहनुभएको छ । हालसम्म वडा नं।१, २, ३, ४, ५, ६, ११, १२, १३ मा अभिमुखिकरण भइसकेको छ ।

Previous articleपावर फोर एवाई-२०२५ को सरोकारवालाबीच परिचयात्मक
Next articleप्रादेशिक महोत्सवमा दर्शकको ओइरो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here