
नेपालगञ्ज । प्रेस चौतारी नेपाल बाँके शाखाको १० औँ जिल्ला अधिवेशनले कमल डाँगीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा रामु वली र महिला उपाध्यक्षमा पवित्रा परियार चयन हुनुभएको छ ।
अधिवेशनले सचिवमा देवेन्द्र पौडेल, सहसचिवमा जियाउल मुस्ताफा कादरी, कोषाध्यक्षमा दिपेश आचार्यलाई चयन गरेको छ ।
यस्तै सदस्यहरूमा धना केसी, आशा परियार, सन्ध्या गैरे, रमेशचन्द्र कुमाल, प्रदिप राजवंशी, महमद अमिन हलवाई र टार्जन वली रहनुभएको छ ।





