सरस्वती माविको अध्यक्षमा रामधनी यादव चयन

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ हिरमिनियामा रहेको रहेको श्री सरस्वती माध्यमिक विद्यालय भंघोट्ना विद्यालय व्यवस्थापन समितिले पुर्णता पाएको छ ।

यहि माघ १७ गते भएको विधालय ब्यवस्थापन समितिको निर्वाचनबाट चयन भएको समितिले पुर्णता पाएको हो । विद्यालयको अध्यक्षमा रामधनी यादवलाई चयन गरिएको छ । यस्तै समिति सदस्यहरुमा घनश्याम मगता, सबनाम शेष, निर्मलादेवि कोरी निर्वाचित हुनुभएको छ ।

यसैगरी मनोनित सदस्यहरुमा बिनोद कुमार मौर्य, गीतारानी अहिर यादव, वडा प्रतिनिधि राधेश्याम मौर्य, शिक्षक प्रतिनिधि उदयबीर यादवसहितको समितिले पुर्णता पाएको सदस्य सचिव एवं विधालय प्रधानाध्यापक ज्वाला प्रसाद रेग्मीले जानकारी दिनुभएको छ ।

Previous articleमेयर कप फुटबल : आदर्श, ग्रिनपिस र आदर्श मावि विजयी
Next articleमहाकुम्भमा ४२ करोड बढी भक्तजनले गरे स्नान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here