
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ ले वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता गर्ने भएको छ । वडा कार्यालयले फागुन १ गतेदेखि प्रतियोगिता संचालन गर्न थालेको हो ।
प्रतियोगिताको जानकारी दिन मंगलबार वडा कार्यालयमै पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी पूरा भएको वडा अध्यक्ष सराफत हुसेन शेषले जानकारी दिनुभयो ।
स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण भएकाले स्वास्थ्यसँगै देशको पहिचानको रुपमा प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष शेषले बताउनुभयो । यसरी खेलाडीहरुलाई प्रोत्साहन हुने र थप अवसरको सृजना गर्ने वडाअध्यक्ष शेषले विश्वास व्यक्त गर्नुभयो ।
क्रिकेट मैदान नभएकाले खाली भएको जग्गा व्यवस्थापन गरेर प्रतियोगिता आयोजना गरिन लागिएको वडाअध्यक्ष शेषले बताउनुभयो । फागुन १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले रु १ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेता टिमले रु ५० हजार हात पार्नेछ ।
यस्तै प्रतियोगितामा म्यान अफ द सिरिजलाई एक थान एलइडी टिभी, वेष्ट बलरलाई एक थान दराज, वेष्ट ब्याट्सम्यानलाई १ थान साइकल प्रदान गरिने जनाएको छ ।





