शिक्षकलाई एकिकृत शैक्षिक सूचना तथा व्यवस्थापन तालिम प्रदान

गुलरिया, बर्दिया । विद्यालयको हरेक सुचनालाई व्यवस्थित तरिकाले राख्न सहयोग पुग्ने उद्धेश्यले शिक्षकहरुलाई एकिकृत शैक्षिक सूचना तथा व्यवस्थापन प्रणाली तालिम दिइएको छ ।

विद्यालयका हरेक भौतिक संरचना, विद्यार्थी संख्या, सवै कुरा सूचना चुस्तदुरुस्त राख्नकाे लागि सरकारले एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली लागू गरेको हो ।

शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको अयोजना शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहजीकरणमा भएको २ दिने तालिममा जिल्लाका ८ ओटै स्थानीय तहका शिक्षा शाखाका कर्मचारी, पालिकाका ३-३ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

विद्यालयभित्रका सबै सूचना यसै प्रणालीमा अफडेट गर्ने र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नियन्त्रण गर्ने गर्दछ । विद्यालयका भौतिक पुर्वाधारदेखि विद्यालय सुधारका कार्यक्रम यसै सूचना प्रणालीको सूचना स्रोत अनुसार कार्यक्रम तय गर्ने गरिएको छ ।

सफ्टवेयर सम्बन्धि ज्ञान नहुँदा विद्यालयको शैक्षिक गतिविधि अद्यावधिक गर्न समस्या भइरहेको हुन्छ । धेरैलाई यो सम्बन्धि ज्ञान छैन । त्यसको समाधान र हरेक विद्यालयका गतिविधिलाई प्रबिधिसंग जोडन तालिमको आयोजना गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सुर्य बहादुर खत्रिले जानकारी दिनुभयो ।

प्रमुख खत्रीले सूचना प्रणली चुस्त दुरुस्त भएको खण्डमा योजना बनाउन सजिलो हुने र जुनसुकै योजना बनाउन अभिलेख आवश्यक पर्ने तथा बालबालिकाको सिकाइ स्तर बढाउनका लागि जिल्लास्तरमा शिक्षासंग काम गर्ने साझेदार सस्थाहरुसंग मिलेर काम गर्ने प्रयास गरिरहेको बताउनुभयो ।

उहाँले जिल्लामा केहि संख्यामा बालबालिकाहरु बिधालय बाहिर रहेको र सबै स्थानीय तहले के कति बालबालिका विधालय बाहिर छन् भन्ने तथ्याँक निकाल्नका लागि सामाजिक संघसस्थासंगको सहकार्यमा काम गर्न थालेको बताउनु भयो ।

विधालय बाहिर भन्दा पनि बिधालय छाड्ने बालबालिकाहरु विधालयमा देखिएकाले स्थानीय तहसमेतले यसको कार्ययोजना बनाउनु पर्ने र यसका लागि शिक्षा बिकास समन्वय इकाई सधै सहकार्य गर्न तयार बताउनुभयो ।

तालिमले शैक्षिक सूचना व्यवस्थापनमा थप मद्धत पुग्ने र सम्पुर्ण सूचनाहरु याे प्रणालीमा आएपछि विद्यालयले आगामी योजना निर्माणमा सहयोग पुग्ने एक सहभागीले बताउनुभयो ।

प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समुह (वि-ग्रुप), राधाकृष्ण थारु जनसेवा केन्द्र, बाँके युनेस्को क्लबले सहयोगी भुमिका खेलेको वि-ग्रुपका प्राविधिक व्यवस्थापक लक्ष्मि प्रसाद शर्माले जानकारी दिनुभयो ।

तालिममा प्रशिक्षकको रुपमा शिक्षा मन्त्रालयका उपसचिव जिवन भण्डारी, शाखा अधिकृत प्रबिण बाबु महर्जन, शिक्षा तथा मावन श्रोत विकास केन्द्र सानोठिमी काठमाडौका तथ्याँक अधिकृत शुशिल पौडेलले रहनु भएको राधाकृष्ण जनसेवा केन्द्र बर्दिया अन्र्तगत बालिका सशक्त परियोजना अधिकृत सिमा वलीले जानकारी दिनुभयो ।

Previous articleपत्रकार सद्भाव वनभोज (फोटो फिचर)
Next articleरैथाने उत्पादनलाई प्रवद्र्धन गर्न नेपालगन्जमा प्रदर्शनी हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here