मेयर साहद्वारा अमेरिकाका राष्ट्रपति ट्रम्पलाई कडा सम्बाेधन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गर्नुभएकाे छ ।

उहाँले अमेरिका र अन्य देशबीचको सम्बन्ध तथा अमेरिकी आप्रवासन नीति (डीभी लट्री) बारे धारणा सार्वजनिक गर्दै अमेरिका बाहिरी श्रमिकहरूमा निर्भर र अल्छी रहेको आरोप लगाउनुभयाे ।

उहाँले फेसबुकमा ट्रम्पलाई सम्बोधन गर्दै लेख्नुभएकाे छ, ‘धन्यवाद, तपाईंले हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो रहेको महसुस गराउनुभयो ।’ बालेनको स्टाटस अनुसार, नेपाल गरिब हुनुको मुख्य कारण आफ्नो जनशक्ति विदेश पलायन हुनु हो, तर अमेरिकाको समस्या उल्टो रहेको उहाँको दाबी छ ।

उहाँले अमेरिकाका नागरिकहरूलाई ‘अल्छी’ भन्दै, उनीहरू आफैंले आफ्नो देश बनाउन नसक्ने टिप्पणी गर्नुभयाे । साथै, उहाँले डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ को संज्ञा दिँदै नेपालका रत्न फिर्ता गरिनुपर्ने माग समेत गर्नुभयाे । उहाँले अमेरिका लगायतका विकसित मुलुकहरूलाई विश्वलाई स्वतन्त्र रूपमा अगाडि बढ्न दिन सुझाव दिनुभयाे ।

उहाँको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा चर्को बहस निम्त्याएको छ । कतिपयले उहाँको विचारको समर्थन गरेका छन् भने कतिपयले यस्तो कडा अभिव्यक्ति अन्तर्राष्ट्रिय सम्बन्धका लागि हानिकारक हुन सक्ने तर्क गरिरहेका छन् ।

Previous articleसन् २०२४ मा लुम्बिनीमा दुई हजार दुई सय बढी पीडित
Next articleबढैयातालमा नवनिर्मित सभा हल प्रयाेग नहुँदै जिर्ण बन्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here