
राप्तीसोनारी । बाँकेको राप्ती सोनारी दोस्रो गाउँपालिकास्तरीय उपाध्यक्ष कप मिसन गोजुरियो कराते च्याम्पियनसीप प्रतियोगितामा सर्वाधिक मेडल प्राप्त गर्दै लक्ष्मी माध्यमिक विद्यालय मदुई-२ प्रथम भएको छ ।
बिहीबारदेखि सुरु भएको प्रतियोगितामा लक्ष्मीले ७ गोल्ड मेडल जित्न सफल भएको छ । प्रतियागितामा लक्ष्मी माविले ७ गोल्डसँगै ७ सिल्वर मेडसहित १७ मेडल प्राप्त गरेर कपको उपाधी जितेको हो ।
शुक्रबार सकिएको प्रतियोगितामा दिप प्रकाश माध्यिमिक विद्यालय-७ दोस्रो हुन सफल बनेको छ । उसले ५ वटा गोल्ड मेडल जित्न सफल बनेको छ । दिपले जम्मा १७ वटा मेडल जितेर च्याम्पियनसीपको उपविजेता बनेको हो ।
यस्तै सरस्वती माध्यमिक विद्यालय भवानियापुर-३ तेस्रो हुन सफल बनेको छ । उसले ४ गोल्डसहित अन्य मेडल जितेर तेस्रो बनेको हो । गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुको सभाअध्यक्षतामा भएको समापनमा प्रमुख अतिथिका रुपमा लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसीसहित गाउँपालिकाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितालाई विहीबार गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले उद्घाटन गर्नुभएको थियो । गाउँपालिकाभित्रका १५ वटा विद्यालयका २ सय ५ जना खेलाडीहरुले सहभागिता रहेको थियो ।
विभिन्न तौल समूहमा प्रतिस्पर्धा भएको प्र्रतियोगितालाई राप्ती सोनारी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता संयोजक भक्त बहादुर रानाले जानकारी दिनुभयो ।





