चन्दलाई तत्काल रिहा गर्न कांग्रेस बाँकेको माग

नेपालगञ्ज । आफ्ना क्रियाशिल सदस्य डिल्ली बहादुर चन्दको अपहरणको बिषयमा नेपाली कांग्रेस बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार एक बिज्ञप्ति जारी गर्दै कांग्रेस बाँकेले आफ्ना सदस्य चन्दलाई डिउटीमा खटिएकै अवस्थाबाट अपहरण गरी बेपत्ता बनाएको कार्यप्रति गम्भीर आपत्ती जनाएको हो ।

करिब सात महिना अघि महेश बस्नेत, सवेन्द्र खनाल लगायत सांसद अपहरणको घट्नाका बिषयमा सामाजिक संजालमा गरिएको टिका टिप्पणीको भरमा चन्दलाई मंगलबार गोर्खाज फाइनान्सको कार्यालयबाट अपहरण गरी बेपत्ता पारिएको छ ।

नेपालगञ्ज वडा नं १८ निवासी चन्दको अबिलम्ब परिवार तथा सुवेच्छुकसंग सम्पर्क गराई रिहा गर्न नेपाल सरकारका सम्बन्धित पक्षसंग जोडदार माग गर्दछौं अन्यथा कांग्रेस बाँके कडा कदम चाल्न बाध्य हुने कांग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणाद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

Previous article२ नम्बर वडा कार्यालय भवनको शिलान्यास
Next articleतीन कोठे विद्यालय भवन निर्माण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here