
काठमाण्डौं । शुक्रबार भएको राजसंस्था पक्षधरहरूको आन्दोलनका क्रममा आगलागीमा परेको घरबाट लाइभ गरिरहेका एक पत्रकारको निधन भएको छ । एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकको आगलागीमा परेर निधन भएको हो ।
रजक सो भवनमा फसेको र उद्धारका लागि प्रहरी तथा प्रमुख जिल्ला अधिकारीलाई बारम्बार सम्पर्क गरेपनि बेवास्ता गरिएको एभिन्युज टेलिभिजनका सञ्चालक भाष्कर राजकर्णिकारको भनाई छ ।
राजसंस्था पक्षधरहरूको आन्दोलनमा परी कीर्तिपुरका सविन महर्जनको पनि गोली लागेर निधन भएको छ ।





