शैक्षिक सुधारका लागि पहल जारी छ : मन्त्री तिमिल्सेना

नेपालगन्ज । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक पहल भइरहेको बताउनुभएको छ । उहाँले शिक्षा क्षेत्रलाई अझ गुणस्तरीय बनाउनका लागि आवश्यक नीति तथा निर्देशिका निर्माणका कामहरू भइरहेको बताउनुभएको छ ।

नेपाल शिक्षक संघ बाँकेको शनिबार नेपालगन्जमा आयोजना गरिएको २६ औं प्रतिनिधि सभालाई सम्बोधन गर्दै मन्त्री तिमिल्सेनाले प्रदेश सरकार शिक्षक तथा शिक्षा क्षेत्रको आवश्यक सुधारका लागि तयार रहेको बताउनुभएको छ । उहाँले शिक्षा नीति परिमार्जन हुनुपर्ने कुराहरू आइरहेको र सो विषयमा पनि आफु सकारात्मक रहेको धारणा राख्नुभएको थियो ।

शिक्षकहरूले आफ्नो अधिकारका लागि बेला बेला आन्दोलन गर्न बाध्य हुने गरेको कुरालाई स्मरण गर्दै मन्त्री तिमिल्सेनाले शिक्षा दिक्षा प्रदान गर्ने व्यक्तिहरूको पक्षमा आफु सदैव रहेको भएपनि सबै कुरा एकैचोटी सम्भव हुन नसक्ने कुरालाई पनि मनन गर्नुपर्ने बताउनुभयो । शिक्षाको गुणस्तर उकास्नको लागि मन्त्रालयले शिक्षकबिच सहकार्य गरेर मात्र संभव हुने कुरामा जोड दिनुभएको छ ।

शैक्षिक गुणस्तर सुधारको लागि प्रदेशको योजनामा शिक्षकहरूले निभाएको भूमिकाको प्रशंसा गर्दै मन्त्री तिमिल्सेनाले प्रदेश सरकार शिक्षकको पेशागत हित र सुरक्षाको लागि शिक्षा ऐन परिमार्जन गर्ने कुरामा पहल गर्ने बताउनुभयो । कार्यक्रममा बोल्ने अधिकांश शिक्षक नेताहरूले दिएको अभिव्यक्तिले पनि शिक्षा ऐन समयानुकुल नभएको आफुलाई लागेको र आफ्नो तवरबाट यसको परिमार्जनका लागि सकारात्मक पहल हुने प्रतिबद्धता जनाए ।

नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष ऋषिराम शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन शत्रमा बोल्ने अधिकांश शिक्षक नेताहरूले नयाँ शिक्षा ऐनको माग गर्दै संघिय राजधानी केन्द्रित आन्दोलनमा सहभागि हुनको लागि आव्हान गरेका थिए । २०२८ सालको शिक्षा ऐनका कारण आफुहरूको बृत्ति विकास पेशागत सुरक्षामा समेत असहजता महशुस भएको कुरामा सबैको एकमत थियो ।

सो कार्यक्रममा शिक्षक नेताहरू बिरेन्द्र कुमार यादव, नेपाल ट्रेड युनियन काँग्रेस तोजेन्द्र बिक, द्रोर्णबहादुर ओली, नेपाली काँग्रेस नेतृ उमा थापामगरलगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो ।

Previous articleकाठमाण्डौंमा भएको प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको मृत्यु
Next articleकसौंधन युवा मञ्च तथा महिला मञ्चद्वारा होली मिलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here