फोनिज लुम्बिनी प्रदेशको अध्यक्षमा राम्जामगर निर्वाचित

नेपालगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनी प्रदेशको अध्यक्षमा प्रेमबहादुर राम्जामगर निर्विरोध निर्वाचित हुनुभएको छ ।

आइतबार दाङको राप्ती गाउँपालिकाको सभा हलमा सम्पन्न तेस्रो प्रादेशिक महाधिवेशनबाट रम्जा निर्विरोध निर्वाचित हुनुभएको हो ।

यस्तै, उपाध्यक्षमा जेबी दर्लामी (अर्घाखाँची), महिला उपाध्यक्षमा बन्दना घर्ती (रोल्पा), महासचिवमा सनु थापामगर (रुपन्देही) निर्वाचित हुनुभएको छ ।

यस्तै, सचिवमा सुजल श्रेष्ठ (प्युठान), कोषाध्यक्षमा भगतराम थारु (बाँके) र सददस्य दिपक कुमाल (दाङ), निर्मल थापा (रुपन्देही), पुरन राकस (गुल्मी) र छाया पुनमगर (रोल्पा) निर्वाचित भएको निवर्तमान अध्यक्ष गजेन्द्र गुरुङले जानकारी दिनुभयो ।

Previous articleसहकारीका समस्या समाधानमा पहल गर्न राठौरलाई आग्रह
Next articleवन मौरीको टोकाइबाट पाँच जना घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here