सहकारीका समस्या समाधानमा पहल गर्न राठौरलाई आग्रह

नेपालगन्ज । ६८ औं राष्ट्रिय सहकारी दिवस बाँकेमा विविध कार्यक्रम गरेर मनाइएको छ । दिवसका अवसरमा बाँकेका पालिका लक्षित रक्तदान कार्यक्रम अन्तरक्रिया, गोष्ठी, सम्मान लगायतका कार्यक्रम गरिएको हो ।

मर्यादित सहकारी, समुन्नत समाज भन्ने नाराका साथ बुधबार एक औचारिक कार्यक्रम गरेर दिवसलाई भब्य मनाइएको छ । जिल्ला सहकारी संघ बाँकेले यसपटक दिवसको अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरेको थियो ।

बुधबार बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य रहनुभएका किशोर सिंह राठौरको प्रमुख आतिथ्यता तथा जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीको सभापतित्वमा औपचारिक समापन कार्यक्रम गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य राठौरले सहकारीले समुदायको विकासमा उल्लेखनिय कार्य गरिरहेको बताउनुभयो । सहकारीको समस्या समाधानका लागि सबै क्षेत्रको सक्रियता जरुरी रहेको बताउँदै राठौरले नेतृत्व छान्दा असल छान्नुपर्ने भनाई राख्नुभएको थियो । सदस्य तथा संचालकहरुको निष्क्रियताका कारण पनि सहकरीमा समस्या आउनसक्ने पनि राठौरले भन्नुभयो ।

अध्यक्ष सुवेदीले भने सहकारी संचालनका लागि आवश्यक पहलका लागि प्रतिनिधि सभामा कुरा उठाउन आग्रह गर्नुभएको थियो । उहाँले सदस्यहरुसँग ऋण असुल्न सक्ने वातावरण निर्माण गरिदिन, सहकारीबाट पिडित बनेकाहरुलाई उनीहरुको बचत फिर्ता पाउने समाधान तयार गर्न छिनोफानो हुन बाँकी रहेका मुद्दाहरुलाई किनारा लगाएर सहज अवस्था बनाउन सांसद राठौरसामु अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ठ देखिएका बाँकेको नौवस्ता साना किसान कृषि सहकारी, उत्कृष्ठ सहकारीकर्मीका रुपमा भुपेन्द्र खड्का र दुर्गा केसीलाई तथा सदस्यहरुलाई सम्मान गरिएको जिल्ला संघका कार्यकारी प्रमुख नवराज उपाध्यायले जानकारी दिनुभयो । औपचारिक कार्यक्रमअघि बुधबार बिहान नेपालगन्जमा प्रभातफेरी गरिएको थियो ।

Previous articleलोरेन्स बिस्नोईको मान्छे भनेर ५ करोड भारु माग गर्ने बुढा पक्राउ
Next articleफोनिज लुम्बिनी प्रदेशको अध्यक्षमा राम्जामगर निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here