माता सामुदायिक वनमा डढेलो, प्रहरीको प्रंशसनीय कार्य (फोटोफिचर)

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ स्थित सामुदायिक वनमा डढेलो लागेको छ । सो वनमा आइतबार राती डढेलो लागेको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ ।

डढेलो लागेपछि नियन्त्रणका लागि राती नै प्रहरी तथा सशस्त्र प्रहरी खटेको थियो । आगलागी नियन्त्रणका लागि प्रहरीले गरेको यो कार्य प्रशंसनीय रहेको स्थानीयले बताए ।

आइतबार राती करिब पौने ११ बजेको समयमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ को लालपुरमा रहेको माता सामुदायिक वनमा डढेलो लागेको लागेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नियन्त्रणमा लिन प्रयास गर्दै गरेको तस्बिर सार्वजनिक भएको छ ।

प्रहरीका अनुसार डढेलो नियन्त्रणमा आएको छ ।    

Previous articleवन मौरीको टोकाइबाट पाँच जना घाइते
Next articleप्रदेशमा शाखा बिस्तार गर्ने समाज कल्याण परिषदको तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here