प्रेस युनियनको भित्तेपात्रो विमोचन

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेको २०८२ को भित्तेपात्रो शनिबार नेपालगन्जमा विमोचन गरिएको छ । नेपालगन्ज वडा नम्बर १४ भवानियापुरस्थित सिटी हलमा शनिवार नेपाली कांग्रेस, बाँकेको तेस्रो जिल्ला सम्मेलनको अवसरमा काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले उक्र भित्तेपात्रोको विमोचन गर्नुभएको हो ।

त्यसक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतम, मैकुलाल बाल्मिकी, काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम केसी, लुम्बिनी प्रदेश महासचिव नवीन गिरी लगायत युनियनका अग्रज नेता, जिल्ला कार्यसमितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालका अनुसार युनियनले नयाँ वर्षको अवसरमा भित्तेपात्रो प्रकाशन गर्दै आएको छ । गत वर्ष महामन्त्री गगन थापाले काँग्रेस पार्टी कार्यालयमा भित्तेपात्रोको विमोचन गर्नुभएको थियो ।

Previous articleपत्रकार रजकको हत्या : निष्पक्ष छानविन गर्न आयोगलाई महासंघको आग्रह
Next articleज्ञानेन्द्र शाहलाई चुनावी मैदानमा आउन कांग्रेसका महामन्त्री शर्माकाे चुनौती

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here