तीन बरिस्ठ पत्रकार सम्मानित

काेहलपुर । नेपाल पत्रकार महासंघ बाँकेले जिल्लाका तीन जना बरिषठ पत्रकारलाई सम्मानित गरेकाे छ ।

महासंघ बाँके शाखाले शनिबार काेहलपुरमा आयाेजना गरेकाे १२ औं जिल्ला अधिवेशनको अवसरमा तीन जना बरिस्ठ पत्रकारलाई सम्मानित गरेकाे हाे ।

साधारण सदस्यका रूपमा रहेर निरन्तर पत्रकारितामा याेगदान पुर्‍याउनु भएकाे भन्दै महासंघ बाँके शाखाले बाँके शाखा संस्थापक अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी लियाकल अलि, बरिस्ठ पत्रकार पुर्णलाल चुके र गणेश जि सीलाई दाेसल्ला, प्रमाण पत्र र नगद तीन हजारले सम्मान प्रदान गरेकाे छ ।

महासंघ बाँके शाखा नेपालकै प्रथम शाखाकाे रूपमा रहेकाे छ । बहुदलिय व्यवस्था स्थापनार्थ खाेलिएकाे संस्थापक बताउँछन् ।

Previous articleकाेहलपुरमा महासंघको साधारण सभा, केन्द्रिय सचिवलाई युनियनको ज्ञापन
Next article७१ वर्षीया वृद्धाकाे हत्या गर्ने अभियुक्त सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here