हत्याका अभियुक्त २० वर्षपछि पक्राउ

दाङ । दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राणाका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नमब्र १२ पुकार पसल घर भई तुलसीपुर ६ बरुवगाउँ बस्दै आएका ४२ वर्षीय विरबहादुर गुरुङ पक्राउ परेका हुन् ।

उनमिाथि २० वर्षअघि आफ्नै ससुराको हत्या गरेको अभियोग लागेका छ । २०६२ साउन १४ गते राति ८ बजेतिर तुलसीपुरको अस्वारा घर भई तुलसीपुर ५ नयाँबसपार्कमा तरकारी पसल गरी बस्ने आफ्नै ससुरा ३५ वर्षीय काशीराम विकलाई हत्या गरेको अभियोग उनीमाथि रहेको प्रहरीले बताएको छ ।

हत्या पछि फरार रहेका विक लुकिछिपी भारत भागेका थिए । त्यसपछि केही समयमा घर आएका उनी तुलसीपुर १२ टरिगाउँमा लुकीछिपी बस्दै आएका थिए । सोही क्रममा शुक्रबार पक्राउ गरिएको हो ।

हत्याको दिन गुरुङ ससुराको घर गएका थिए । सोही क्रममा काशीराम र उनको कान्छी श्रीमती शोभा विकबिच खाना खाने क्रममा विवाद भयो । विवाद पश्चात् घरमा पाहुना गएका गुरुङले ससुरालाई खुट्टा र हातले हिर्काउँदा घटनास्थलमै मृत्यु भएको थियो । गुरुङ नसाको तालमा रहेको समेत प्रहरीले बताएको छ ।

Previous articleसाढे दुई किलो चरेस र खैरो हेरोईनसहित चार जना पक्राउ
Next articleसरकारी वकिलको कार्यालयबाट थुनुवा महिला हतकडीसहित फरार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here