खजुराका सबै माबिमा जलवायु न्याय पाठ्यक्रम लागु हुँदै

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले पालिका अन्तरगतका सबै १६ वटा माबिहरुमा जलवायु न्याय पाठ्यक्रम लागु गर्ने भएको छ ।

रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग, खजुरा गाउँपालिकाको सहकार्यमा बास नेपालद्धारा सञ्चालित वालिका शिक्षा कार्यक्रम अन्तरगत जलवायु न्याय पाठ्यक्रमलाई ग्रहण गर्दै गाउँपालिकाले आफै निरन्तरता दिने जनाएको हो ।

गाउँपालिकाका सबै माबिहरुमा कार्यक्रम लागु हुनुपूर्व बिद्यालयका प्रधानाध्यापक र सम्पर्क शिक्षकलाई कार्यक्रमका बारेमा जानकारी गराउने उद्धेश्यले तीन दिने तालिमको अयोजना गरेको थियो । जेष्ठ १९ गते देखि सञ्चालन भएको तालिम २१ गते कार्यक्रमलाई निरन्तरता दिने साझा सहमतिसहित समापन गरिएको थियो ।

तालिमको समापन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले जलवायु न्याय पाठ्यक्रमको प्रभावकारीता अत्यन्तै सकारात्मक देखिएकाले पालिकाले निरन्तरता दिने गरी योजना बनाएको बताउनुभयो । उहाँले पालिकाका सबै बिद्यालयहरुमा कार्यक्रम लैजाने बताउदै जलवायु न्याय पाठ्यक्रम प्राविधिक बिषय भएकाले रुम टु रिड र बास नेपालको सहयोग आवश्यक पर्ने जनाउनुभयो ।

जलवायु न्याय कार्यक्रमलाई अगाडी बढाउन पालिकाले आवश्यक योजना तयार गरिसकेको बताउदै हरेक बर्ष जलवायु न्याय पाठ्यक्रमलाई कार्यान्वयनमा लगेर सर्वोत्कृष्ट उपलब्धी हासिल गर्ने बिद्यालयलाई नगद सहित पुरस्कृत गर्ने योजना पालिकाको रहेको उहाँको भनाइ थियो । उहााले तीन दिनसम्म तालिममा सिकेको कुरालाई बिद्यालयमा लागु गरि उत्कृष्ट बिद्यालयको रुपमा अगाडी लैजान सहभागि बिद्यालयका प्रधानाध्यापक र सम्पर्क शिक्षकहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका सहभागि खजुरा गाउँपालिका श्री नेरा माबिका प्रधानाध्यापक माधव शर्माले चलेको तालिमबाट जीवनोपयोगी सीप र जलवायु न्याय पाठ्यक्रमका बारेमा प्रष्टता आएको बताउनुभयो । उहाँले तालिमबाट सिकेको कुरा र पाठ्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभयो ।

यसैगरी समापन सत्रमा बोल्दै कार्यक्रमका सहभागि श्री भानु माबिका सम्पर्क शिक्षक गिता अर्यालले बालिका शिक्षा कार्यक्रम सञ्चालनको क्रममा सबै भन्दा कमजोर मानिएको भानुमाबिमा हाल सबै भन्दा राम्रो प्रगति देखिएको बताउदै बिद्यार्थीहरुको आनिवानीमा कार्यक्रमले ल्याएको प्रभाव अत्यन्तै सकारात्मक रहेको बताउनुभयो ।

रुम टु रिड बालिका शिक्षा र लैंगिक समानता कार्यक्रमका सिनियर कार्यक्रम अधिकृत जय प्रजापतिले खजुरा गाउँपालिकाले बालिका शिक्षा कार्यक्रमलाई अपनत्व लिएर निरन्तरता दिएकोमा अत्यन्तै खुसी लागेको बताउनुभयो । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बाँकेको खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकामा बास नेपालले बालिका शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Previous articleवातावरण दिवस: नेपालगन्जमा सामुदायिक सरसफाई
Next articleहिमालयन बैंकद्वारा निलसागर सेवा आश्रममा खाद्यान्न सहयाेग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here