हिमालयन बैंकद्वारा निलसागर सेवा आश्रममा खाद्यान्न सहयाेग

नेपालगञ्ज । हिमालयन बैंक लिमिटेड नेपालगञ्ज शाखाले निलसागर सेवा आश्रममा खाद्यान्न सामग्री सहयाेग प्रदान गरेकाे छ ।

बैंकका म्यानेजर जितेन्द्र भण्डारी लगायत सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा सहयाेग स्वरूप खाद्यान्न वितरण गरिएको हाे । बैंकका म्यानेजर भण्डारीले हरेक वर्ष बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम गर्ने गरिएको बताउनुभयाे ।

कार्यक्रममा निलसागर सेवाश्रमको बारेमा आश्रमका युवा संयोजक प्रकाश कुँवरले जानकारी दिनुभएको थियाे ।

Previous articleखजुराका सबै माबिमा जलवायु न्याय पाठ्यक्रम लागु हुँदै
Next articleनेपालगन्जलाई पदक दिलाउने थापालाई संघको सम्मान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here