नेपालगन्जलाई पदक दिलाउने थापालाई संघको सम्मान

नेपालगन्ज । बाँके जिल्ला ब्याटमिन्टन संघले खेलाडी सम्मान गरेको छ । शनिबार नेपालगन्ज रंगशालामा एक कार्यक्रम गर्दै ब्याटमिन्टन खेलमार्फत नेपालगन्जको पहिचान अभिबृद्धि तथा गरिमा बढाउने कार्यमा महत्वपूर्ण योगदान दिएका खेलाडीलाई सम्मान प्रदान गरेको हो ।

ब्याटमिन्टन खेलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ऐतिहासिक नगरी नेपालगन्जलाई चिनाउन महत्वूर्ण भूमिका निर्वाह गर्नुभएका खेलाडी दिनेश थापालाई औपचारिकरुपमा सम्मान प्रदान गरिएको छ । थापालाई कार्यक्रमका प्रमुख अतिथि मध्यपश्चिम खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्द, बरिष्ठ प्रशिक्षक जयन्त श्रेष्ठ र कार्यक्रमका अध्यक्ष संजय श्रेष्ठले कदर पत्रले सम्मान गर्नुभएको थियो ।

सोही अवसरमा नवउदय खेलाडीहरुलाई खादा लगाएर सम्मान गरिएको थियो । थापाले हालै बर्दियाको दुर्गौलीमा भएको राष्ट्रिय स्तरको खुल्ला ब्याटमिन्टन प्रतियोगिता तथा बुटवलमा सम्पन्न प्रतियोगितामा बिजयी हुँदै स्वर्ण पदक जित्न सफल हुनुभएको छ । थापाले बिगत १५ वर्षदेखि बाँकेबाट विभिन्न प्रतियोगितामा प्रतिनिधित्व गर्दै आउनुभएको छ । यसरी उहाँले बाँकेका लागि थुप्रै पदकहरु ल्याउन सफल हुनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चन्दले बाँकेका लागि थापाले पु¥याएको योगदानको चर्चा गर्नुभयो । उहाँले खेलाडी थापाले बाँकेसँगै नेपालगन्जलाई परिचित गराउनुभएकोमा खुशी व्यक्त गर्नुभएको थियो । यस्तै कार्यक्रमका अध्यक्ष थापाले खेलाडीहरुको सम्मान नै खेलकुदको प्रवद्र्धन गर्नु रहेको बताउनुभयो ।

उहाँले संघले बिगतदेखि नै उत्कृष्ट खेलाडीहरुलाई प्रोत्साहित गरिरहेको र खेलेर नै केही देखाउँछु भन्नेलाई अवसर प्रदान गर्ने प्रयास गरिरहेको अध्यक्ष थापाको भनाई थियो । कार्यक्रममा संघका पदाधिकारी तथा खेलाडीहरुको उपस्थिति रहेको कार्यक्रमलाई पत्रकार ममता थापाले संचालन गर्नुभएको थियो ।

Previous articleहिमालयन बैंकद्वारा निलसागर सेवा आश्रममा खाद्यान्न सहयाेग
Next articleनेपालगन्जमा गृहणी महिलालाई भाेला बनाउने सीप प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here