
नेपालगंज । समाजका केन्द्रीय प्रतिनिधि प्रभाकर भट्टराईको सभापतित्वमा ११ सदस्यीय कार्य समिति सर्ब सम्मतिले निर्वाचित गरेको छ ।
नव निर्वाचित कार्य समितिले लगतै बैठक गरी चार जना अन्य सदस्यहरु मनोनयन गरी कार्य समितिलाई पूर्णता दिएको थियो ।
पूर्व सभापति एवं उपाध्यक्ष समेत रहनुभएका निर्वाचन अधिकारी पवन कुमार गुप्ताले शान्ती पूर्वक निर्वाचन सम्पन्न गराउनु भएको थियो ।
समाजकाे उपाध्यक्षमा प्रेम कुमार शर्मा, सचिवमा देवेन्द्र नाथ शुक्ला, कोषाध्यक्षमा मोहम्मद जहीरुल, हक जीनू, सह-सचिवमा अल्पना कुमारी गुप्ता र सदस्यहरुमा यशोदा नेपाली, नमिता श्रेष्ठ, संदीप कश्यप, जगदम्बा प्रसाद पाठक, घनश्याम कुमार वैश्य र नीलम शर्मा रहनु भएको छ ।
मुख्य अतिथि बरिष्ठ अधिवक्ता तथा पूरव मेयर बिजय कुमार गुप्ता रहनु भएको थियो । अधिवेशनको अध्यक्षता कृष्णा देबी पाण्डेले र स्वागत मन्तब्य आजीवन सदस्य रमेश चन्द्र कुमाल तथा कार्यक्रम संचालन पूर्व सचिव बिष्णु लाल कुमाल तथा केन्द्रीय प्रतिनिधि महासचिव शुसील बस्नेतले गर्नुभएको थियाे ।
मनोनीत सदस्यहरुमा चन्दा सिंह कसेरा, मेघ बहादुर बिष्ट, सावित्री बि क र गोमा आचार्य रहनुभएको छ ।





