पत्रकार हकहितमा घाेषणा पत्र जारी गर्दै महासंघकाे १२ औं अधिवेशन सम्पन्न

काेहलपुर । पत्रकार हकहितका सम्बन्धमा घाेषणा पत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँके शाखाकाे १२ औं जिल्ला अधिवेशन सकिएकाे छ ।

शनिबार काेहलपुरमा आयाेजना गरिएकाे १२ औं जिल्ला अधिवेशनले पत्रकारितालाई थप मर्यादित बनाउन तथा पत्रकारकाे हकहितका बिषयमा १० बुंदे घाेषणा पत्र जारी गरेकाे छ ।

अधिवेशनकाे बन्द शत्रमा पुर्व अध्यक्ष प्रेम केसी, प्रेस संगठन नेपाल बाँकेका अध्यक्ष डक्ट धिताल, नेपाल युनियन बाँकेका सचिव बिजय मल्ल, संगठनका सचिव कमल डाँगी, क्षेत्रीय संचार श्राेत केन्द्र नेपालगन्जका प्रमुख आरिफ अन्सारी, सद्भाव एफ एमका नवीन गिरी, कृष्णसार एफ एमका माधव अधिकारी लगायतले महासंघ बाँके शाखाले गरेकाे कमि कमजोरीलाई केलाउँदै अघि बढनुपर्ने कुरामा जाेड दिनुभयाे ।

बन्द शत्रमा सचिव तिलक गाउँलेकाे प्रगति प्रतिवेदन र काेषाध्यक्ष केशव राणाकाे आर्थिक प्रतिवेदन पास गरिएकाे छ ।

महासंघ बाँके शाखा अध्यक्ष ठाकुर सिंह थारूकाे अध्यक्षतामा यसअघि भएकाे अधिवेशनकाे उद्घाटन शत्रमा नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव उदय जीएम, प्रदेशका महासचिव भेषराज बस्नेत, सचिव शुक्रऋषि चौलागाई, नेताहरु देवराज भार, महेश्वर गहतराज, हरि आचार्य, कोहलपुरका मेयर लुटबहादुर रावत, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ लगायतले पत्रकारिताकाे गरिमाकाे रक्षा र यसकाे बिकास बारेमा चिन्ता व्यक्त गर्नुभएको थियाे ।

Previous articleमानव अधिकार तथा शान्ति समाज, बाँके शाखा गठन
Next articleकरिब साढे तीन लाख नगदसहित १५ जुवाडे पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here