
नेपालगन्ज । नेपाल विधार्थी संघको मुस्लिम विधार्थी विभागको केन्द्रीय संयोजकमा असलम भाँट चयन हुनुभएको छ ।
नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले मनाेनयन पत्र जारी गर्दै भाँटलाई विभागकाे केन्द्रीय संयाेजकमा चयन गरिएको हाे ।
खजुरा गाउँपालिका वडा नम्बर ७ बस्ने युवा नेता भाँट राजनितीमा सक्रिय हुनुहुन्छ । संगठनमा पनि सक्रिय भाँटले मनाेनयन गरिनुले राजनीतिक यात्रालाई अझ जिम्मेवार बनाएकाे बताउनुभयाे ।
युवा नेता भाँट नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरका प्रिय पात्रको रुपमा चिनििनु हुन्छ ।





