नेपालगन्जमा प्रथम नगर माविस्तरीय मेयर कप भलिबल प्रतियोगिता सुरु

नेपालगन्जमा बुधबारदेखि प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

पूर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा उक्त प्रतियोगिता संचालनमा आएको हो ।

बिहान भएको उद्घाटन खेलमा पुरुषतर्फ युनाईटेड स्कुलले सगरमाथालाई १९-२५, २५-२३ र २५-१६ को २-१ सेटले पराजित गर्दै अर्को चरणमा प्रबेश गरेको छ।

त्यस्तै दोस्रो खेलमा धम्बोजी मा.बि.ले महेन्द्र मा.बि.लाई २५-१६, २५-१० को सोझो दुई सेटले पराजित गर्न सफल भयो भने तेस्रो खेलमा एन एम एले पशुपती मा.बि.राँझालाई २६-२४, १९-२५ र २५-२२ को २-१ सेटले पराजित गर्दै अर्को चरणमा प्रबेश गर्न सफल भयो ।

महिलातर्फको खेल जारी छन् ।
यसअघि एक कार्यक्रमका बीच नेपालगन्ज उपमहानगरपालिकाका उप-प्रमुख कमरुद्दिन राईले प्रतियोगिताको उदघाटन गर्नुभएकाे थियाे ।

पुर्व खेलाडी समाज बाँकेका कार्यबाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम उपप्रमुख राईले खेलाडीहरुले अन्तरराष्ट्रिय स्तरमा राष्ट्रको पहिचान र नामलाई बढाएको बताउनुभयाे ।

उहाँले खेलक्षेत्रको विकासका लागि प्रतियोगिताको निरन्तरताका साथै खेलाडी उत्पादनमा समेत जोड दिनुपर्ने धारणा राख्नुभयाे । खेलकुद र खेलाडीहरुको संरक्षण गर्न नेपालगन्ज उपमहानगरपालिका सधैं तत्पर रहनेसमेत उपप्रमुख राईले प्रतिबद्धता जनाउनुभयाे ।

यही जेठ ३० गतेसम्म सन्चालन हुने उक्त प्रतियोगितामा नेपालगन्ज उपमहानगर क्षेत्रका १३ वटा विद्यालयका पुरुषतर्फ १० र महिलातर्फ १० गरि कुल २० वटा टिमको सहभागिता रहेको छ ।

नक आउट प्रणालीका आधारमा खेलाइने उक्त प्रतियोगिताका विजेता टिमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने हुने टिमले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पूर्ब खेलाडी समाज बाँकेका सचिव नरेन्द्र थापाले जानकारी दिनुभयाे ।

समाज बाँकेका कार्यसमिति सदस्य आशा बिष्टले स्वागत गरेको उद्घाटन कार्यक्रमको संचालन समाजका महासचिव जयन्त कुमार शर्माले गर्नुभयाे ।

उदघाटन सत्रमा नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा, नेपालगन्ज वडा नम्बर २ का वडाअध्यक्ष मनोज श्रेष्ठ, नेपाल रेडक्रस बाँकेका सभापति गोवर्धन सिंह सम्झना, नेपाली काँग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, पुर्बअध्यक्ष निरज गौतम लगायतको उपस्थिती रहेको थियो ।

Previous articleनेविसंघ मुस्लिम विभाग संयाेजकमा भाँट चयन
Next articleबाँकेमा बाढी विपद्को कृत्रिम घटना अभ्यास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here