
नेपालगन्ज । नेपालगन्जमा संचालन भएकाे प्रथम उपमेयर कप फुट्सल प्रतियोगिता २०८२ काे उपाधी युनाइटेड एफसीले जितेकाे छ ।
शनिबार भएकाे प्रतियोगिताकाे फाईनलमा युनाइटेड एफसीले पि आई इन्स्टिच्यूटलाई पराजित गरेर उपाधी उचाल्न सफल भएकाे हाे । युनाइटेडले शून्यबिरूद्व ६ गाेलले पराजित गरेकाे थियाे ।
उपाधीसंगै युनाइटेडले मेडलसहित नगद रू ५० हजार पुरस्कार पाएकाे छ । यस्तै दाेस्राे हुन सफल पिआईले मेडलसंगै नगद रू २५ हजार पुरस्कार प्राप्त गरेकाे छ ।
बिजेता टिमलाई नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरूद्दिन राईले पुरस्कार वितरण गर्नुभएको थियाे । साेही क्रममा कार्यक्रमका सहयोगीहरूलाई कदरपत्रले सम्मान गरिएको थियाे ।
क्लबका अध्यक्ष विक्रम पाण्डेकाे अध्यक्षतामा भएकाे समापन समाराेहमा बाेल्दै नगर उपप्रमुख राईले खेल नै स्वास्थ्य जीवनकाे आधार भएकाे बताउनुभयाे । मानिस यतिधेरै व्यस्त हुन थालेकाे छ कि आफ्नाे स्वास्थ्यतर्फ समेत ध्यान दिन नसकेकाे हुँदा शरीरलाई हेल्थी बनाउन खेलकुद जरूरी रहेकाे बताउनुभयाे ।

समापनमा नेपालगन्ज वडा नम्बर २० का वडा अध्यक्ष काैशल कुमार धाेबी, नेपालगन्ज नगर प्याप्सनका सभापति मानबहादुर थापा, बाँके जिल्ला प्याप्सनका सभापति विकास बज्राचार्य, जसपा प्रदेश सचिव राजन राणा मगर वडा नम्बर, केआइइसी नेपालगन्जका प्रतिनिधि सुभाष थापा र अनिल पुनमगरकाे उपस्थिति रहेकाे थियाे ।
२०८२ जेठ २५ देखि ३१ गतेसम्म संचालन भएको प्रतियोगिताकाे समापन कार्यक्रमलाई राम श्रेष्ठले संचालन गर्नुभएको थियाे ।
्





