अदालतद्धारा डुडुवा न्यायिक समितिको कार्यसम्पादन बारे निरिक्षण

डुडुवा । स्थानीय तह अन्र्तगत रहेका न्यायिक समितिहरुको कामकारवाही प्रक्रिया तथा सेवालाई थप गणस्तरिय र प्रभावकारी बनाउन बाँके जिल्ला अदालतको टोलीले निरिक्षण गरेको छ ।

जिल्ला न्यायधिससहितको टोलीले शुक्रबार डुडुवा गाउँपालिका न्यायिक समितिको निरीक्षण तथा समितिसंग छलफल गरेको छ ।

गाउँपालिका अन्र्तगत रहेको न्यायिक समितिले प्रदान गर्ने सेवा, मुद्दा तथा विवाद दर्ता, मिसिलको व्यवस्थापन, राय तथा निर्णय, फैसला, मुद्दा सिफारिस र अभिलेखीकरणलगायत विभिन्न प्रक्रियाका बारेमा पालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शाहिदा बानोले जानकारी गराउनु भएको थियो ।

जिल्ला अदालतका न्यायधिस दिपक घिमिरेले डुडुवाको न्यायिक समितिको न्याय सम्पादन, अदालतको कार्यशैली, ढाँचा र निर्णय प्रक्रिया र व्यहोराको कार्य व्यवस्थित रहेको बताउनुभयो ।

न्यायधिस घिमिरेले न्यायिक समितिको कार्य उत्कृष्ठ भएकाले सेवाग्राही तथा न्याय सम्पादनमा उल्लेख्य सहयोग पुग्ने विश्वास व्यक्त गर्दै न्यायिक समितिको काम कर्तव्य अधिकार, न्यायिक प्रक्रिया, मुद्दा दर्ता, मिसिल, निवेदनका ढाँचा, मुद्दाका विषय लगायत विभिन्न अदालती प्रक्रियाका बारेमा जानकारी समेत गराउनु भएको थियो ।

त्यस अवसरमा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले डुडुवा गाउँपालिकाका विभिन्न पक्ष र कार्र्ययोजनाका बारेमा जानकारी गराउनु भएको थियो । अनुगमन टोलीले न्यायिक समितिका पदाधिकारीहरुलाई अदालती प्रक्रिया र अभिलेखीकरणका बारेमा आवश्यक जानकारी गराएको थियो ।

Previous articleडुडुवामा एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम शुरु
Next articleप्रथम उपमेयर कप फुट्सल प्रतियोगिता २०८२ : युनाइटेड एफसीले उचाल्याे उपाधि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here