एसइई पास गरेका छात्राहरुलाई साइकल प्रदान

डुडुवा । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्र्तगत एसइई पास गरेका छात्राहरुलाई साइकल प्रदान गरेको छ ।

घरदेखि टाढा बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्र्तगतका सामुदायिक तथा नीजि विद्यालयहरुका छात्रालाई साइकल प्रदान गरेको हो ।

२०८० सालमा एसइइ पास गरेका गाउँपालिकाका ८ वटा विद्यालयका ४१ जना छात्रालाई साइकल प्रदान गरिएको शिक्षा शाखाका स्रोत व्यक्ती राम एकबाल मण्डलले जानकारी दिनुभयो । पालिका कार्यालयमा साइकल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीहरुलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गरेको भन्दै उच्च शिक्षा हासिल गर्न टाढा तथा बजारसम्म आउजाउ गर्न मद्दत पुग्ने बताउनुभयो ।

उहाँले विशेष गरि मधेशी समुदायका किशोरीहरु साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न नसकेको समस्यालाई यो कार्यक्रमले अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष चौधरीले शिक्षा भनेको उज्यालोको प्रकाश भएकाले बालबालिकालाई शिक्षातर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिदै पालिकाभित्र संचालित विद्यालयहरुमा शैक्षिक गुणस्तरियताका लागि पहिलो चरणमा आधारभुत विद्यालयलाई सिसि क्यामरामार्फत निगरानी समेत गरिरहेको बताउनुभयो ।

कार्यक्रममा उपाध्यक्ष शाहिदा बानो, वडा अध्यक्षहरु पटेश्वर कुर्मी, आमोद तिवारी, प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेय, विभिन्न विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो । गाउँपालिकाले हरेक वर्ष एसइइ पास गर्ने छात्राहरुलाई नियमित रुपमा साइकल वितरण गर्दै आएको छ ।

Previous articleअनधिकृत स्थलमा बजेट बनाएको कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनको आरोप
Next articleनरैनापुरमा ५५ क्यूफिट अवैध गाेलियासहित ट्याक्टर बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here