
नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा ५५ क्यूफिट अवैध गाेलिया काठ बरामद गरिएको छ ।
प्रहरीले शनिबार राती नरैनापुर वडा नम्बर ४ लाेड गरि राखेकाे अवस्थामा उक्त काठ बरामद गरेकाे हाे ।
लाेड गरिएको भे १ त १९४१ नम्वरको ट्याकटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने तस्कर फरार भएकाे बताईएको छ ।
नरैनापुर ४ मा रहेको सदावहार सामुदायिक बनबाट तस्करले सो परिणामको काठ रातीकाे समयमा चोरी गरि राप्ती सोनारी वडा नम्बर ६ तर्फ लैजाँदै समुहका पदाधिकारीहरुले ट्याक्टर नियन्त्रणमा लिएका थिए । थप विवरण आउन बाँकी छ ।






