
नेपालगन्ज । नेपालगञ्ज उप-महानगरपलिका वडा नम्बर ८ मा संचालन भएकाे दुई दिने सुगन्धित धूप बनाउने सीप मुलक तालिम सम्पन्न भएको छ ।
नेपालगञ्ज उप-महानगरपलिका वडा नम्बर ८ को आर्थिक सहयोगमा महिला जागृति सेल बाँकेको आयोजनामा वडा नम्बर ८ लक्षित महिलाहरूलाई सीप प्रदान गर्न संचालित दुई दिने तालिम आईतबार सम्पन्न भएकाे हाे ।
समापन कार्यक्रमलाई सम्बाेधन गर्दै वडा अध्यक्ष रजनीश बाजपाईले स्थानीय महिलालाई आत्मनिर्भर बन्न प्राेत्साहित गर्न तालिम आयाेजना गरिएको बताउनुभयाे । वडामा सीप दिनपर्याे भनेर महिलाहरूकाे माग धेरै आउने भएकाे हुँदा आगामी दिनमा थप यस्ताे कार्यक्रम ल्याउने बताउनुभयाे ।
सेल बाँकेका अध्यक्ष लक्ष्मी श्रेष्ठकाे अध्यक्षतामा भएकाे समापनमा सेलका पदाधिकारी र नेपाल पत्रकार महासंघ बाँके उपाध्यक्ष करूणा शाहलगायतकाे उपस्थिति रहेको थियो ।






