
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ का अध्यक्ष राज कुमार साहूले जीवन उपयोगी सीप तालिमले जिवन जिउने कला सिकाएको बताउनुभएकाे छ ।
नेपालगन्ज उपमहानगरपालिका २१ नम्बर वडा कार्यालयको सहयोग तथा नाइस नेपालगन्जको आायेजनामा सम्पन्न बाल क्लबका लागि जीवन उपयोगी सीप बिषयक तालिममा बोल्दै अध्यक्ष साहूले यस्तो बताउनुभएकाे हाे ।
वडा कार्यालय बाल क्लबको क्षमता अभिबृद्धि र बाल क्लब परिचालनमा सबै तत्पर रहने प्रतिबद्धता जनाउनुभयाे । नाइसले सञ्चालन गरेको तालिम प्रभावकारी रहेको बताउदै तालिमबाट सिकेको कुरालाई ब्यवहारमा लागु गर्न सहभागिहरुलाई अनुरोध गर्नुुभयाे ।
तालिमको समापनमा प्रतिक्रिया मन्तब्य राख्दै सहभागि श्यामबाबु गुप्ताले जिवनलाई कसरी सहज र सकारात्मक बनाउने भन्ने कुरा तालिमबाट सिकेको बताउनुभयाे । उहाँले तालिम अत्यन्तै उपयोगी भएकाले सिकेको कुरालाई ब्यहारमा लागु गर्ने प्रतिबद्धता जनाउनुभयाे ।
यसैगरी अर्का सहभागि सावित्री साहूले यसअघि तालिम लिएको भएपनि पहिलो पटक प्रभावकारी तालिम लिन पाउदा खुसी लागेको बताउनुभयाे । उहाँले जिवन उपयोगी सीपका १० तत्वहरुको बारेमा स्पष्टसँग जानकारी भएको भन्दै ब्यवहारिक जिवनमा सिकेको कुरालाई लागु गर्ने प्रतिबद्धता गर्नुभयाे ।
बाल बालिकाको क्षमता अभिबृद्धि कार्यक्रम अन्तरगत सञ्चालित तालिममा जीवन उपयोगी सीपका १० वटा तत्वका बिषयमा नाईस नेपालगन्जका अध्यक्ष हेमराज भट्ट र शोभा थापा मगरले सहजिकरण गर्नुभएकाे थियाे ।
तालिममा वडा अध्यक्ष राज कुमार साहू, वडा सदस्य निराज अहमद वागवान, अरुण कुमार मिश्र, मैति कुमारी बिक लगायतको उपस्थिती रहेको थियो । तालिममा बाल क्लबका २५ जनाको सहभागिता रहेको थियो ।





