बाँकेे: एसइईमा६२ दशमलव ०६ प्रतिशत उर्तिण

नेपालगन्ज । बाँकेमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ६२ दशमलव ०६ प्रतिशत उर्तिण भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका अनुसार समग्रमा एसइईमा बाँकेमा ६२ दशमलव ०६ प्रतिशत नतिजा देखिएको छ । जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा दिने १० हजार ४ सय १६ परीक्षार्थी रहेकामध्ये ९ हजार ९ सय ६४ जनाले मात्रै एसइई दिएका थिए ।

शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख धन सुदन चौलागाईका अनुसार साधारण रेगुलरतर्फ ६२ दशमलव २३ प्रतिशत पास भएका हुन् । ‘जिल्लामा रेगुलरतर्फ ६२ दशमलव २३ प्रतिशत विद्यार्थी पास भएका छन् ।,’ चौलागाईले भन्नुभयो । जिल्लामा प्राविधिक रेगुलरतर्फ ५६ दशमलव ८६ प्रतिशत पाएको उहाँले बताउनुभयो ।

यसरी साधारण रेगुलरतर्फ ४ हजार ९ सय २९ जना पास भएका छन् भने २ हजार ९ सय ५२ जना ननग्रेड भएका छन् । प्राविधिक रेगुलरतर्फ १ सय ८४ जना पास भएका छन् । इकाइ प्रमुख चौलागाईका अनुसार साधारण आंशिकतर्फ १ हजार ४३ जना कमप्लिट र १ हजार जना इनकमप्लिट देखिएका छन् ।

जस अनुसार साधारण रेगुलरतर्फ १.६ देखि २ जिपिएसम्म ल्याउने शून्य छन् । २ देखि २.४ जिपिए ल्याउने १३५ जना, २.४ देखि २.८ जिपिए ल्याउने १०४७ जना, २.८ देखि ३.२ जिपिए ल्याउने १४९८ जना, ३.२ देखि ३.६ जिपिए ल्याउने १६०७ जना र ३.६ देखि ४ जिपिएसम्म ल्याउने ७४२ जना रहेको इकाइ प्रमुख चौलागाईले जानकारी दिनुभयो ।

यस्तै प्राविधिक रेगुलरतर्फ १.६ देखि २ जिपिएसम्म ल्याउने शून्य छन् । २ देखि २.४ जिपिएसम्म पनि शून्य नै रहेका छन् भने २.४ देखि २.८ जिपिए ल्याउने १० जना, २.८ देखि ३.२ जिपिए ल्याउने १०८ जना, ३.२ देखि ३.६ जिपिए ल्याउने ५० जना र ३.६ देखि ४ जिपिएसम्म ल्याउने ७ जना रहेको प्रमुख चौलागाईले बताउनुभयो ।

उहाँका अनुसार पार्सियल आंशिकतर्फ ३४ जनाले कमप्लिट गरेका छन् भने र २२ जनाको इनकमप्लिट रहेको देखिएको छ । जिल्लामा संस्थागत ११४, सामुदायिक १०३ र धार्मिक २ वटा गरी २१९ वटा विद्यालय माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने रहेका छन् तर २०४ वटा विद्यालयका विद्यार्थी मात्रै परीक्षामा सहभागि भएका थिए ।

२०८१ को विवरण अनुसार जिल्लामा २४८ वटा सामुदायिक, २०५ वटा संस्थागत र १३१ वटा धार्मिक जिल्लामा ५ सय ८४ विद्यालय रहेका छन् ।

Previous articleकुखुराकाे मासु खाँदा बाँके खजुरामा १३ जना बिरामी
Next articleविपत् पीडितको उपचारका लागि गाउँमै सामुदायिक अस्पताल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here