विपत् पीडितको उपचारका लागि गाउँमै सामुदायिक अस्पताल

नेपालगन्ज । बाँके डुडुवा गाउँपालिकाका बाढी र डुबान पीडितको उपचारका लागि गाउँपालिकाले गाउँमै पाँच शय्याको सामुदायिक आधारभूत अस्पताल निर्माण गरेको छ ।

राप्ती नदी तटीय क्षेत्रमा बाढी र डुबानका कारण झाडापखला, हैजा र लुतोसँगै छालासम्बन्धी रोगको सङ्क्रमणबाट विपन्न समुदायका बासिन्दा बढी प्रभावित हुँदै आएकाले उनीहरूको उपचारका लागि सो अस्पताल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो ।

उहाँले आर्थिक अवस्था कमजोर भएकाले नेपालगन्जका ठुला अस्पतालमा पुगेर उपचार गर्न नसक्दा जोखिममा पर्दै आएको हुँदा उनीहरूको निःशुल्क औषधी उपचार गर्न सामुदायिक आधारभूत अस्पताल निर्माण गरेर उपचारको व्यवस्था गर्न थालिएको बताउनुभयो ।

अध्यक्ष चौधरीका अनुसार डुडुवा, गन्धैली र सुतैया नालासँगै राप्ती नदीमा आउने बाढीका कारण डुडुवा गााउँपालिकाका अधिकांश बस्ती जलमग्न हुन्छन । तीन तिरबाट नदीले घेरिएको नदी पूर्वको बस्ती चौफेरीका बासिन्दालाई विपदको बेला ज्यान जोगाउनै कठिन हुन्छ ।

डुबानका बेला शुद्ध पिउने पानीको अभावमा धेरै जसो बिरामी हुने, तर औषधी उपचार गर्न बजार जान समेत नसक्ने हुँदा त्यस्ता प्रभावित क्षेत्रका बासिन्दालाई तटिय क्षेत्रमै उपचारका लागि डुडुवा गााउँपालिकाले बेतहनीमा पाँच शय्याको अस्पताल सञ्चालनमा ल्याउन लागेको जनाएको छ ।

राप्ती नदी तटिय बस्ती बेतहनीका रामफेरन गुप्ताले बाढी र डुबानसँगै आउने सरूवा रोगका कारण समयमा उपचार ज्याननै जोखिमा पर्ने गरेको सुनाउँदै अहिले गाउँमै अस्पताल निर्माण गरिएकाले धरैले उपचार पाउने आशा बढेको बताउनुभयो ।

उहाँका अनुसार राप्ती नदी र नालाहरूमा आउने बाढीले नडुबाएको कुनै वर्ष छैन । सोही कारणले हरेक वर्ष झाडापखाला र हैजा जस्तो प्रकोप पनि फैलिने गरेको छ । सो सामुदायिक अस्पताल भवनको निर्माण पूरा गरी त्यहाँ रोग परीक्षण गर्ने ल्याबसहितका उपकरण धमाधम जडान भरहेको र औषधी खरिद प्रकृया अन्तिम चरणमा पुगेको डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

शाखाका अनुसार अस्पतालमा एक्सरे मेसिन जडान हुनुका साथै बिरामी राख्ने वार्डहरू निर्माण भइसकेका छन् । यस्तै चिकित्सकको पदपुर्ति पनि सुरू गरिएको छ । करिब तीन करोड रूपियाँ लागतमा सो सामुदायिक आधारभूत अस्पताल निर्माण गरिएको हो । एक जना मेडिकल अफिसरको नेतृत्वमा सञ्चालन गरिने अस्पतालले ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार गर्ने जनाइएको छ ।

Previous articleबाँकेे: एसइईमा६२ दशमलव ०६ प्रतिशत उर्तिण
Next articleदेशकै पहिलो कुलिङ सेन्टर नेपालगन्जमा निर्माण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here