
नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा मनसुन पूर्वतयारी र उपशाखा व्यवस्थापन गोष्ठी मंगलवार नेपालगन्जमा सम्पन्न भएको छ ।
नेरेसो उपशाखाहरुको क्षमता अभिबृद्धि गर्ने अभिप्रायले हरेक वर्ष उक्त गाष्ठी संचालन हुँदै आएको छ । गोष्ठीमा उपशाखाहरुले पालना गर्नुपर्ने बैधानिक दायित्व, आर्थिक तथा लेखा प्रणाली, दृष्यात्मक एकरुपता, मनसुन पूर्वतयारीको सम्बन्धमा प्रस्तुतीकरण र छलफल भएको थियो ।
नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले गत वर्ष भन्दा यो वर्ष औसत भन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले बुलेटिन जारी गरेकोले उपशाखाहरुले स्थानीय तहसंग समन्वय गरी राहत प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्नु भयो ।
गोष्ठीमा नेरेसो बाँके शाखा अन्र्तगत रहेको १७ वटा उपशाखाका सभापति, सचिव र प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने गोष्ठीको सहजीकरण नेरेसो बाँके शाखाकी बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल, लेखा अधिकृत झवीलाल शर्मा र कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले गर्नु भएको थियो ।
नेरेसो बाँके शाखा सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादर श्रीवस्तव, उपकोषाध्यक्ष दुखीराम लोनिया, संगठन तथा क्षमता विकास समिति संयोजक तेजबहादुर सुवेदी, विपद् तथा संकट व्यवस्थापन समिति संयोजक नरेन्द्रकुमार पौडेल, लगायत ४७ जनाको उपस्थिति रहेको थियो ।





