
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० को कार्यालयले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । वडा नम्बर २० मा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय नटनपुरवामा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय पोसाक वितरण गरिएको हो ।
२५० जना विद्यार्थिहरुका लागी विद्यालय पोसाक वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राज कुमार मिश्रले वडा कार्यालयले विद्यार्थीको लागि सोचेर सहयोग प्रदान गरेको प्रति आभारी रहेको बताउनुभयो । उहाँले पोसाकसमेत किन्न नसक्ने विद्यार्थी विद्यालय आउने गरेको हुँदा वडा कार्यालयको सहयोगले ती विद्यार्थीलाई हौसला प्रदान गरेको उल्लेख गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक अनिस अन्सारीले पोसाक अभावमा धेरै विद्यार्थी बिना पोसाक पढ्न आउन पर्ने वाध्यता टरेको उल्लेख गर्नुभयो । प्रधानाध्यापक अन्सारीले विद्यार्थीको लागि वडाले हरेक वर्ष जसो शैक्षिक क्षेत्रमा लगानी गरेको प्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । वडा सदस्य चक्र विसी, पदम कार्कीले विद्यार्थीहरूलाई विद्यालय पोसाक प्रदान गर्नुभएको थियो ।





