
नेपालगन्ज । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बाँकेले नेपालगन्नमा र्याली तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम गरेकाे छ ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र राष्ट्रिय समितिको कार्यक्रमअनुसार नेपालगन्जमा दबाबमुलुक श्रमिक र्याली गरेकाे हाे । साे र्याली पश्चात् श्रम रोजगार कार्यलय नेपालगन्जमार्फत मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय काठमाडौलाई पाँच सुत्रिय मागसहितकाे ज्ञापनसमेत बुझाएको छ ।
नेपालको संविधानले सुनिश्चित गरेकाे संगठन निमार्ण गर्ने सामूहिक सौदावाजी गर्ने, सुरक्षित हुने सामाजिक सुरक्षा पाउने जस्ता मौलिक श्रमिक अधिकारसमेत कमजोर भइरहेकाे नेपाल ट्रेड युनियन काँग्रेस बाँकेका कार्यवाहक अध्यक्ष ताेजिन्द्र विकले बताउनुभयाे । उहाँका अनुसार यही विषयबस्तुलाई सम्बन्धित सराेकार निकायमा ध्यानाकर्षण गराईएकाे हाे ।
प्रस्तुत गरिएका मागहरू
१. वर्तमान बजार मूल्य र परिवारको न्यूनतम जीवनस्तरका आधारमा ४ सदस्यीय परिवारको न्यूनतम मासिक खर्च ३०,००० देखि ३५,००० पर्न गएकोले वैज्ञानिक, तुलनात्मक र व्यवहारिक आधारमा न्यूनतम पारिश्रमिक रु ३०.४४३ तोकियोस् ।
२. त्रिपक्षीय वार्तामा श्रमिकको प्रस्तावलाई गम्भीरताको साथ ग्रहण गरियोस् र भविष्यमा स्वतः मंशोधन हुने फर्मुलालागू गरिहोस ।
३. श्रमसम्वन्धी ऐन-नियमहरुलाई सम समायहिकसुधार गरी प्रभावकारी रूपमा कार्यान्वयन गरियोस ।
४. श्रम ऐनको अपव्याख्या गरी श्रमिक निष्कासन, जगेडामा राख्ने, बदनियतपूर्वक सरुवा गर्ने तथा ठेकेदारी प्रथा मार्फत श्रमिक आपूर्ति गर्ने कार्यलाई बन्द गरियोस् ।
५. सबै श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था अनिवार्य गरियोस् ।
मागसंगै कुनै पनि राष्ट्रको आर्थिक समृद्धि श्रमिकको श्रमप्रतिको सम्मान र सुरक्षाबिना सम्भव छैन । राज्य र रोजगारदाताले श्रमिकको न्यूनतम जीवनस्तर सुनिश्चित गर्न असफल भएमा, त्यो लोकतान्त्रिक मूल्य र माल्यताको गम्भीर अपमान हुने भन्दै मन्त्रीले आवश्यक पहल र सकारात्मक सम्बोधनको अपेक्षा रहेकाे केन्द्रकाे भनाइ छ ।





