
नेपालगन्ज । आर्थिक अभावका कारण घरमै थला परेका ७ वर्षीय अस्बिन कुँवरकाे उपचारका लागि अर्घाखाँचीकाे सन्धीखर्क नगरपालिका वडा नम्बर ११ भैंसी थलाका एक परिवारले सहयाेग गरिदिन आग्रह गरेकाे छ ।
बिगत एक महिना अघिदेखि आर्थिक अभावका कारण परिवार कुँवरकाे उपचार गराउन सकेकाे छैन । काठमाडौंकाे कान्ति बाल अस्पतालमा उपचारका लागि लगिएकाे भएपनि थप उपचार गर्ने पैसा नभएर उपचार गराउन नसकेकाे कुँरका बुबाले बताए ।
कुँवर बिरामी परेदेखि उनलाई नियमित रूपमा रगत चढाउने कार्य भईरहेकाे थियाे । उनलाई रगत सुक्दै जाने समस्या रहेकाे परिवारले बताएकाे छ । वीर अस्पतालमा उपचार गराउनुपर्ने भएपनि आर्थिक अभावले अस्पताल जान नसकिएको परिवारकाे भनाई छ ।
उपचार नपाउँदा बालक घरमै बेडमा थला परेका छन् । उनी सुक्दै जान थालेका पनि छन् । डाक्टरले उनलाई थालेसिमियाकाे समस्या रहेकाे बताएका छन् । उनकाे उपचारकाे खर्च जाेहाे गर्न गाह्रो भएकाले परिवारले ईसेवा नम्बर 9847109637 मा आफुले सक्दाे सहयाेग गरिदिन आग्रह गरेकाे छ ।





