दाङमा बस दुर्घटना हुँदा १९ जना घाइते

शरद रेग्मी, दाङ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले ना ६ ख १८१४ नम्बरको बस सोमबार ग्वारखोलाको पुल नजिकै उकालोमा अनियन्त्रित भएर दुर्घटनामा परेको जानकारी दिनुभयो । घाइते सबैको उद्धार गरिसकिएको उहाँले बताउनुभयो ।

घाइतेहरूको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको हातखुट्टामा चोट छ । घाइते हुनेहरूमा शान्तिनगर गाउँपािलका-६ का २७ वर्षीय गणेश बुढाथोकी, शान्तिनगर -७ बस्ने २९ वर्षीय भिमप्रसाद राना, तुलसीपुर उपमहानगरपालिका वडा नं -६ बस्ने ३९ वर्षका झनक केसी, घोराही उपमहानगरपालिका वडा नं-१६ बस्ने ३० वर्षकी लक्ष्मी गिरी, तुलसीपुर -१९ निवासी लक्ष्मी केसी, घोराही -१५ बस्ने वर्ष १९ की सुरक्षा शर्मा, तुलसीपुर -४ बस्ने ३६ वर्षीय लिला कुँवर, रुकुम पूर्वी पुथाउत्तर गंगा १२ बस्ने ३९ वर्षीय हेमराज पुन रहनुभएको छ ।

यसैगरी, रुकुम पूर्वी पुथाउत्तर गंगाका ४० वर्षीय पञ्च बहादुर पुन, तुलसीपुर ६ बस्ने वर्ष २१ की सरु बस्नेत, तुलसीपुर ५ बस्ने वर्ष ३० की सुशीला शर्मा, तुलसीपुर १६ बस्ने वर्ष ५४ को बासुदेब चौधरी, घोराही १५ का १८ वर्षकी प्रेमिका ज्ञवाली, तुलसीपुर १४ बस्ने वर्ष २७ का सुमन श्रेष्ठ, घोराही १२ का वर्ष ४१ को गोपाल पुन घोराही–५ बस्ने वर्ष २० का रामबहादुर पुन तुलसीपुर ७ का वर्ष १८ का विशाल मगर तुलसीपुर १८ का वर्ष २१ का राज केसी तुलसीपुर ६ का वर्ष २२ का दुर्गा नेपाली रहनुभएको छ ।

Previous articleन्यायीक समिति र महिला शाखालाई सहयोग
Next articleबाँकेमा हतियारसहित एक पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here