न्यायीक समिति र महिला शाखालाई सहयोग

शाहपुर्वा । डुडुवा गाउँपाालिकामा रहेको न्यायीक समिति तथा महिला शाखाको कामलाइृ सहज बनाउन आवश्यक सामाग्रीको सहयोग प्रदान गरिएको छ । न्यायीक समिति तथा महिला शाखाको कार्यालय संचालन तथा व्यवस्थापन कार्यका लागि आवश्यक सहयोग सामाग्री आइतबार हस्तान्तरण गरिएको छ ।

डुडुवा गाउँपालिकाकी उपप्रमुख एवं न्यायीक समितिकी संयोजक साहिदा बानोले सो सामाग्री बुझ्नुभएको छ । स्टिल दराज, टेबुल, साउण्ड सिस्टम, घुम्ने कुर्सि आइतबार हस्तान्तरण गरेको छ भने यसअघि पनि संस्थाले दुई वटा कम्प्युटर सेट, एक डिजिटल बोर्ड, एक वटा एलसिडि र प्रिन्टर प्रदान गरिएको थियो ।

युके एडको आर्थिक सहयोग इन्टरनेशनल अलर्ट र भेस्रोको साझेदारी मा मधेश मानव अधिकार गृह (माहुरी होम) कपिलवस्तुले सहयोग गरेको हो । डुडुवामा संचालित सहज परियोजना अन्तरगत न्यायीक समिति र महिला शाखाद्धारा सेवा ग्राहीले छिटो, छरितो र सहज तरिकाले सेवा पाउनका लागि सहयोग गरिएको परियोजनाका सुपरभाईजर शिव कुमार जैसवालले जानकारी दिनुभयो ।

Previous articleभारतले कोरोना विरूद्धका दुई खोपलाई दियो अनुमति
Next articleदाङमा बस दुर्घटना हुँदा १९ जना घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here