पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपालगन्ज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ र डिजेल र मट्टितेलमा १ रुपैयाँ मूल्य घटाएको हो ।

भारतीय आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले जनाएको छ ।

यसअघि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ थियो । परिवर्तित मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ ।

सार्वजनिक नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगम सञ्चालक समिति बैठकको निर्णय छ ।

Previous articleप्रदेशका कानुनमन्त्री अग्रवालद्वारा नेपालगन्ज रंगशालाको अवलोकन
Next articleप्लाष्टिकको प्रयोग घटाउन काेहलपुरमा कपडाको झोला बनाउने तालिम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here