प्लाष्टिकको प्रयोग घटाउन काेहलपुरमा कपडाको झोला बनाउने तालिम

नेपालगन्ज । बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला बनाउने तालिम शुरु भएको छ ।

प्लाष्टिकजन्य फोहोर व्यवस्थापन तथा जवाफदेहिता परियोजना अन्तर्गत रेस्टलेस डेभ्लप्मेन्टको सहयोग, कोहलपुर नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा उक्त तालिम सञ्चालन भएको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर २ विशालनगरमा सञ्चालन हुने तालिमको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि हरि कठायतले बास नेपालले कोहलपुर नगरपालिकामा थालेको प्लाष्टिक मुक्त अभियान अत्यन्तै प्रभावकारी रहेको बताउनुभयाे ।

कोहलपुर नगरपालिकाले प्लाष्टिक जन्य बस्तुको प्रयोग घटाउन कानुन निर्माण गरेको बताउँदै बास नेपालले गरेको तालिमले पालिकाको नीति कार्यान्वयनमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयाे ।आगामी दिनमा पालिकाको ध्यान कार्यान्वयनमा हुने बताउँदै तालिमबाट सिकेको शिपलाई ब्यवहारमा लागु गर्न सहभागिलाई अनुरोध गर्नुभयाे ।

उहाँले सहभागिहरुले तयार गरेका कपडाको झोलाको बजारीकरणमा वडा र पालिकाले सहयोग गर्ने प्रतिबद्धता गर्नुभयाे । यसैगरी कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वातावरण शाखा प्रमुख विर बहादुर थापाले हरित कोहलपुरको अभियानमा तालिमले सहयोग पुर्याउने विश्वास ब्यक्त गर्नुुभयाे ।

कोहलपुरको मुख्य चुनौतीको रुपमा रहेको प्लाष्टिकको न्यूनिकरणमा बास नेपालले थालेको प्रयास अत्यन्तै सहनिय रहेको उहाँको भनाई थियो । तालिममा स्वागत तथा तालिमको उद्धेश्यमाथि प्रकाश पार्दै बास नेपालका निर्देशक हेमराज भट्टले वातावरणीय प्रभावको दृष्टिकोषले प्लाष्टिकको प्रयोग घटाउँदै प्लाष्टिक मुक्त कोहलपुरको परिकल्पनाका साथ अभियान सञ्चालन गरिएको बताउनुभयाे ।

तालिमको बिषयबस्तुका बारेमा तालिमका प्रशिक्षक गिता बिकले जानकारी गराउनुभएकाे थियाे । तालिममा १० जना स्थानीय महिलाहरुको सहभागिता रहेको तालिम ५ दिन सम्म चल्नेछ ।

Previous articleपेट्रोलियम पदार्थको मूल्य घट्यो
Next articleशिक्षक ऐन तत्काल जारी गर्न सरकारलाई महरको आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here