कोहलपुरमा ओपन क्रिकेट सुरु, न्यु दर्पण र कारकाँदो क्वार्टरफाइनलमा

काेहलपुर । शारदा एजुकेशन पार्कको आयोजनामा कोहलपुरमा ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ सुरु भएको छ। कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो दिन सम्पन्न दुईवटा खेलमा न्यु दर्पण युथ क्लब र कारकाँदो स्पोर्टस क्लब विजयी हुँदै क्वार्टरफाइनल प्रवेश गरेका छन्। 

दिनको पहिलो खेलमा न्यु दर्पण युथ क्लबले जगवार क्रिकेट क्लबलाई ३० रनले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै न्यु दर्पणले दिएको १२१ रनको लक्ष्य पछ्याउने क्रममा जगवारले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो।

जगवारको ब्याटिंगमा मोहम्मद सलमानले सर्वाधिक २३ रन, अंकुर कुमार सिंहले १२ रन तथा अस्लम हलवाई र अरमान सल्मानीले समान १० रन बनाए। न्यु दर्पणका बलर रेशम सिंह ठकुरी र दिप रानाले समान २ विकेट लिए भने सिमोन थापा, करन भण्डारी र प्रेम सुनारले समान १ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको न्यु दर्पणले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर १२० रन बनाएको थियो। उसको लागि दिप रानाले सर्वाधिक ३३ रन, गजेन्द्र ओलीले २८ रन तथा दिप बिसीले २२ रन बनाए। जगवारको बलिंगमा मुजिब अन्सारी, इमरान आलम, हसिब अन्सारी र बिकाश साउदले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच दिप राना घोषित भए जसलाई जय सन्तोषी सु हाउसका प्रोपाइटर बिस्नु ढुंगानाले अवार्ड प्रदान गरे।

दिनको दोश्रो खेलमा कारकाँदो स्पोर्ट्स क्लबले कोहलपुर स्ट्राइकर्सलाई ३ विकेटले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै कोहलपुरले दिएको ७४ रनको लक्ष्य कारकाँदोले १३.१ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो। 

कारकाँदोको ब्याटिंगमा संगम कंडेलले सर्वाधिक अविजित ३० रन तथा उत्कर्ष विश्वकर्माले १४ रन बनाए। कोहलपुरका बलर मेग राज बिस्टले सर्वाधिक ३ विकेट लिए। 

यस अघि टस जितेर पहिले ब्याटिंग गरेको कारकाँदो क्रिकेट क्लबले १२.१ ओभरमा सबै विकेट गुएर ७३ रन बनाएको थियो। उसको लागि सौगात पौडेलले सर्व्धिक २७, मन बहादुर मल्लले १४ तथा सुमन परियारले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। कोहलपुरको बलिंगमा संगम कंडेलले सर्वाधिक ४ विकेट लिए भने कुशल न्यौपानेले २ विकेट तथा जीवन रावल, नबिन गौतम र  हुसेन अलिले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच संगम कंडेललाई जय सन्तोषी सु हाउसका प्रोपाइटर बिस्नु ढुंगानाले अवार्ड प्रदान गरे।

प्रतियोगिता अन्तर्गत सोमबार तिन वटा खेलहरु हुनेछन्। पहिलो खेलमा विहान ८ बजे  च्याम्पियन्स स्पोर्ट्स क्लब र रनियापुर स्पोर्ट्स क्लब, दोश्रो खेलमा विहान ११ बजे कोहलपुर क्रिकेट एकेडेमी र ढकेरी किंग्स तथा तेश्रो खेलमा २ बजे बिबि वारियर्स र रझेना टर्मिनेटरले प्रतिस्पर्धा गर्नेछन्। 

प्रतियोगिताको उद्घाटन कोहलपुर नगरपालिकाका उपप्रमुख संजु कुमारी चौधरीले गर्नुभएको थियो । उद्घाटन समारोहमा कोहलपुर नपा वडा नम्बर-११ का अध्यक्ष कर्ण बहादुर थापा, वन नम्बर-१० का अध्यक्ष निरज चलाउने, उद्योग वाणीज्य महासंघ कोहलपुरका अध्यक्ष तथा केन्द्रिय सदस्य चक्र बहादुर अधिकारी, क्षेत्र नम्बर-५ नेपालगंजका पूर्व सहसचिव मदन राउतको उपस्थिति रहेको थियो।

Previous articleनेपालगन्जमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
Next articleराप्रपा बर्दियाको बिरोध प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here