राप्रपा बर्दियाको बिरोध प्रदर्शन

नेपालगन्ज । संसद विघटन विरुद्ध राप्रपा बर्दियाले भव्य विरोध प्रदर्शन गरेको छ ।

राप्रपाका केन्द्रिय सदस्य राजविक्रम शाहको नेतृत्वमा मंगलवार ढाइ सय मोटर साइकल र्याली प्रदर्शन गरिएको हो ।

राप्रपा नेता, कार्यकर्ता र शिवसेनाका कार्यकर्ता सहभागि रयाली गुलरिया ताराताल, बेलवा हुँदै भुरी गाउँ पुगेर कोणसभामा परिणत भएको थियो ।

रयालीमा सहभागीहरुले हिन्दु रास्ट्र र राजसस्था पुनस्थापनाको नारा लगायका थिए ।

कोणसभालाई जिल्ला अध्यक्ष भीम बहादुर बोहोरा, केन्द्रीय सदस्यहरु राजविक्रम शाह, गीता बस्नेत, टीकाराम चौधरी, मेघनाथ अधिकारी लगायतले सम्बोधन गर्नुभएकाे थियाे ।

वक्ताहरूले कम्युनिस्ट सरकारले लोकतन्त्रलाइ झन कमजोर बनाएको भन्दै नागरिक अधिकार प्रत्याभूत गराउन आन्दोलनको विकल्प नभएको दाबी गरेका थिए ।

Previous articleकोहलपुरमा ओपन क्रिकेट सुरु, न्यु दर्पण र कारकाँदो क्वार्टरफाइनलमा
Next articleमालपोतमा प्रजिअ कुरुम्वाङको छड्के अनुगमन, बिचौलिया प्रबेशमा रोक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here