
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपाािलका वडा नम्बर १२ मा रहेको वडास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठक बुधबार बसेको छ । बैठकले वडाको सरसफाईस्तर बढाउनका लागि आवश्यक निर्णयहरु गरेको छ ।
बुधबारको बैठकले आवश्यक तीन वटा निर्णयहरु गरेको वडाअध्यक्ष तरुण बज्राचार्यले जानकारी दिनुभयो । वडामा बिगतका समयदेखि नै सरसफाई सम्बन्धी अभियानहरु संचालन गर्दै आएको छ ।
वडा अध्यक्ष बज्रचार्यका अनुसार सचेतनामूलक अभियानका लागि जिंगल तयार गर्ने, टोल विकास समितिलाई सक्रिय बनाउने र समितिमार्फत टोलहरुको अनुगमन गर्ने र बोर्डहरु राख्ने निर्णय गरको हो ।
‘विगतमा पनि केही ठाउँहरुमा बोर्डहरु राखेका थियौं, त्यो च्यातिएको छ,’ वडाअध्यक्ष बज्राचार्यले भन्नुभयो, ‘च्यातिएको ठाउँमा अर्को राख्ने र नयाँ ठाउँहरुमा पनि बोर्ड राख्छौं ।’
त्यस्तै अडियो जिंगलमार्फत टोलहरुको सरसफाईका लागि घरघरमा सन्देश प्रवाह गर्न माईकिङ्ग अभियान गरिने उहाँले बताउनुभयो ।
साथै विभिन्न टोलहरुमा रहेका टोल विकास समितिहरुलाई सक्रिय बनाएर स्थानीय टोलमै सचेतनामूलक कार्यक्रम गरिने तयारी गरिएको उहाँले बताउनुभयो ।
वडामा सरसफाई अभियानलाई प्रभावकारी संचालनका लागि बिग्रुपमार्फत संचालनमा रहेको पेशागत वातावरणीय तथा स्वच्छता सहयोग परियोजनासंग सहकार्य गरिएको छ ।





