वडाअध्यक्षलाई पदबाट हटाएको विषयमा उच्च अदालतद्धारा कारण देखाउ आदेश

बुटवल । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष जितेन्द्र शाहले आफूलाई अन्यायपूर्वक पदबाट हटाएको विषयमा दायर गरेको रिटमा उच्च अदालत तुलसीपुरले कारण देखाउ आदेश जारी गरेको छ ।

अदालतले अग्राधिकार दिएर रिटको अर्को सुनुवाई भदौ १८ गते तोकेको छ । शाहले गत शुक्रबार अदालतमा रिट दर्ता गर्नुभएको थियो । मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलाशले उपमहानगरलाई कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई अर्को पेशीमा बोलाएको छ ।

वडाध्यक्षबाट हटाइएका शाहले आफूलाई एक पटक पनि सफाईको मौका नदिई राजीनामा दिएको दुई वर्षपछि राजीनामा स्वीकृत गरेको जनाउँदै कानूनी प्रक्रिया पूरा नगरी पदबाट हटाई कार्यवाहक अध्यक्ष तोक्ने काम भएकाले उक्त निर्णय बदर गरी पूर्ववतः जिम्मेवारीमा फर्काउन माग गर्दै रिट दायर गर्नुभएको थियो ।

घोराहीका नगरप्रमुख नरुलाल चौधरी र वडाध्यक्ष शाह दुवैजना नेकपा एमालेबाट निर्वाचित हुनुभएको हो ।

Previous articleराप्तीको खाली जग्गामा सामूहिक सखरखण्ड खेती सुरु
Next articleलुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्ने निर्णय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here