
धनगढी । कैलाली कारागारमा एक थुनुवाको मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा पुर्पक्षमा रहेका टीकापुर नगरपालिका वडा नम्बर ४ का ५६ वर्षीय रामकिसन चौधरीको सोमबार दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
कारागारका जेलर प्रकाश ढुंगानाका अनुसार रिंगटा लागेको भनेपछि चौधरीलाई उपचारका लागि दिउँसो साढे २ बजेतिर सेती प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल पु¥याइएको केहीबेरमै चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए ।
उहाँका अनुसार जबरजस्ती करणी मुद्दामा थुनामा राखिएका चौधरीलाई उच्च रक्तचापको समस्या थियो । ढुंगानाले चिकित्सकले उच्च रक्तचापकै कारण चौधरीको मृत्यु भएको कुरा बताएका छन् । यद्यपि थप कुरा शव परीक्षणपछि खुल्ने उहाँले बताउनुभयो ।





